सुर्खेत–१, बाट काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पाँचौ पटक निर्वाचित

मंसिर ८, सुर्खेत ।

सुर्खेत निर्वाचन क्षेत्र नम्वर १, बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खड्काले ४२ हजार ६ सय ७ मत ल्याएर विजयी भएका हुन्  ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ध्रुवकुमार शाहीलाई ३० हजार ९ सय ८८ मत ल्याएका थिए । एमालेका शाही ११ हजार ६ सय १९ मतान्तरले पराजित भए ।

को हुन खड्का ?

नेपाली कांग्रेसका उपसभापति तथा पाँचदलीय गठबन्धनका संयोजक पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधीसभाबाट पाँचौ पटक विजयी भएका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगी खड्का कर्णाली प्रदेशबाट पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् । खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भएसकेका छन् ।

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गर्नु भएका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए । २०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए ।

विभिन्न समयमा गरेर ५ महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचौं पटक सांसदमा विजयी भए भने एकपटक मात्र पराजित भएका थिए ।

सुर्खेत–१, बाट काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पाँचौ पटक निर्वाचित

सुर्खेतमा आठौं उद्योग दिवस मनाईयो

बाजुरामा आज पुनः मतदान गरिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!