बारा– १ :  खानेपानीमन्त्री चौधरी पराजित, एमालेका मैनाली निर्वाचित

काठमाडौँ,९ मंसिर ।

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गरेका हुन् ।

शुक्रबार बिहान सकिएको बारा १ को मतपरिणाम अनुसार खानेपानीमन्त्री चौधरी ९ हजार १ सय ३९ को मतान्तरले पराजित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बारा १ मा एमाले उम्मेदवार मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी भएका छन् । खानेपानीमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गर्न सकेका छन् ।

बारा– १ :  खानेपानीमन्त्री चौधरी पराजित, एमालेका मैनाली निर्वाचित

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमाञ्चक जित

बारा– १ :  खानेपानीमन्त्री चौधरी पराजित, एमालेका मैनाली निर्वाचित

‘हेभिवेट’ को हार

Leave a comment

Your email address will not be published. Required fields are marked *