रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी

रुकुम पश्चिम,९ मंसिर ।

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ५४९ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५८८ मतले पराजित गरेका छन् । एमालेका देवकोटाले १२ हजार ९६१ मत ल्याएका छन् ।

त्यसै गरी स्वतन्त्र उम्मेदवार तारक केसीले ती हजार ५६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक मल्लले ७९६, मङ्गोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१४ मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी

सुर्खेत १ प्रदेशसभा (ख) मा माओवादीका कृष्ण

रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमाञ्चक जित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!