हस्तकलाले भरिएको सुर्खेतमा उत्पादित ‘वेनामी’ सारी

पुनम वि.सी.
सुर्खेत, ९ भदौं ।
नारी र सारी, दुई फरक शब्द तर शदियौँ देखि यि दुई शब्द विचको मायामोह भने रत्तिभर पनि घटेको छैन । सुन्दरताका शब्दहरुले यि दुई पक्षलाई उत्तिकै वयान गरिन्छ । हिन्दु धर्मको यजुर्वेदमा समेत सारीको उल्लेख छ । यसलाई विश्वकै सबैभन्दा लामो र पुरानो पहिरनका रुपमा लिइन्छ । सारीको माग शदियौँ देखि नै छ ।

बजारमा सारीको पनि आफ्नै नाम छन्, ब्राण्ड छन् । भौगोलिक स्थिती र पारम्परिक रुचीका आधारमा सारीले बजार ओगटेको छ । कर्णालीका सन्दर्भमा भने यहाँ खासगरी भारतमा उत्पादित सारीले बजार ओगटेको देखिन्छ ।

बनारसी सारी, पटोला सारी र हकोबा सारी कर्णालीको बजारमा प्रमुख मानिन्छन् । भारतको मध्य प्रदेशको चन्देरी सारी, महेश्वरी सारी, उडिसाको बोमकई, राजस्थानको बन्धेज, गुजरातको गठोडा, पटौला, बिहारको तसर, काथा, छत्तीसगढको कोसा रसम, दिल्लीको रसमी सारीहरू, झारखण्डी कोसा रसम, महाराष्ट्रको पैथानी, तमिलनाडुको कान्जीवरम, बनारसी सारीहरू, उत्तर प्रदेशको तान्ची, जामदानी, जामवर र पश्चिम बङ्गालको बालुछरी र कान्था टङ्गाइल कर्णालीसम्मै आईपुग्छन् ।

सारीहरुको यो बजारमा अहिले ‘वेनामी’ सारी पनि आफ्नो बजार खोज्दै छ । कर्णालीको बजारमा भारतीय उत्पादनका सारीको बजार पकड राम्रै छ । यस्तो अवस्था पनि वीरेन्द्रनगरका महिलाहरुले सारी उत्पादनको जमर्को थालेका छन् ।

वीरेन्द्रनगर–५ कि भवी खत्रीको घरमा तीन छोरा–छोरी छन् । श्रीमान् नेपाली सेनामा कार्यरत छन् । घरको विहानी सिद्विएपछि भवीको उद्यम भनेकै सारी बनाउने हो । सारीलगायत हस्तकलाले कपडाका सामाग्री बनाउन थालेको तीन वर्ष धेरै भईसकेको छ ।

वीरेन्द्रनगर–८ स्थित आवास क्षेत्रमा नगरपालिका तर्फ जाने वाटोमा एउटा ठुलो कोठा छ । सारीलगायतका कपडामा सामाग्री बनाउन सो कोठामा थुप्रै सामाग्री छन् । भवी सधैजसो त्यहाँ पुग्छिन् र सारी बनाउन थाल्छिन् । उनि मात्र होइन सो क्षेत्रमा अहिले वीरेन्द्रनगर–५ कै लक्ष्मी सारुलगायत १० जना महिलाहरुले नियमित हस्तकलाका कपडाका सामाग्री उत्पादन गरिरहेका छन् ।

हस्तकला नचिन्नेहरु
बजारमा सामान्य सारीको मुल्य १० हजार रुपैयाँ माथी नै छ । यि आर्कषक सारीहरुले ग्राहकको ध्यान सजिलै खिच्छन् । मेशिनैको तुलनामा हस्तकलाले निर्मित सारीहरुले भने ग्राहको ध्यान खिच्न अलि समस्या नै होला ।

वीरेन्द्रनगरका यि महिलाहरुले उत्पादन गरेका सारीहरुलाई पनि बजारको समस्या नै छ । बजारले हस्तकलाका सारी देख्दैन । ‘हामीले यि सारीहरु १०–१२ हजारमा बिक्रि गछौँ । बेच्न पनि गाह्रो नै छ । हरेक धागोलााई हातैले बुनेर बनाउनुपर्छ । मान्छेहरु भने ५–६ हजारमा देउ भन्छन्’, भवीले भनिन् ।

पश्चिमी मुकुकमा अहिले कस्तकलाका सामाग्रीको राम्रो बजार छ । यस्ता सामाग्रीले दिगोपन, स्वास्थ्य वर्धक तथा सांस्कृतिक सभ्यता समेत बोकेका हुन्छन् । यसै स्वरुप ति मुलुकमा हस्तकलाका सामाग्रीले मुल्य पनि पाउँछन् । नेपालको बजार भने झट्ट हेर्दा टल्किने र झल्किने मै छ ।

‘अहिले महिनामा दुई वटासम्म सारी बुनिरहेका छौँ । विराटनगर तिरबाट धागो ल्याएर यहि बुन्छौ । यसरी महिनाभर गरेको मेहनतलाई मानिसहरुले सस्तोमा किन्न खोज्छन्’, लक्ष्मीले भनिन् । हस्तकलाको कुनै व्यवसायीक ब्राण्ड हुदैन ।

व्यक्ति तथा परिवेश विषेश यसको परिचय नै फरक–फरक हुन सक्ला । वश् यसले कुनै समुदायको भने प्रतिनिधित्व गर्छ । वीरेन्द्रनगरका महिलाहरुले उत्पादन गरेको यो सारीलाई पनि कर्णालीको उत्पादन भन्न अवश्य नै सकिन्छ ।

‘कहाँ छ बजार ?’
सम्भावनाका दृष्किोणले हस्तकलाका सारीको बजार कर्णालीमा छैन भन्न सकिन्न । यसका लागि उत्पादनको प्रस्तुती, प्रचारप्रसारलगायत मागको परिपूर्ती विषयहरु आवश्यक रहला । मासिक रुपमा २० वटा सारी निर्माण गर्दै २० वटै परिवारको आर्थिक पक्षमा सघाउ पु¥याईरहेका यि महिलाहरुको लागि बजारको अभाव भने देखिन्छ । ‘अहिले त हामी महिनामा दुईवटा सारी बनाईरहेका छौँ । बिक्रि बढ्ने भए उक जनाले महिनामा तीन वटा सारी मज्जाले बनाउन सकिन्छ’, भवी भन्छिन् ।

यसका लागि बजारबाट नियमित माग आउन सके उत्पादनमा वृद्वि गर्न सकिने बताइन् । ‘अहिले हामी आफैले ग्राहक खोज्छौ, बनाउछौ बेच्छौँ’, उनले भनिन् । उत्पादनमुखी व्यवसायले आफ्ना उत्पादन ब्राण्ड बनाउन सक्ने सम्भावना छ । तर हाल उनिहरुले सञ्चालन गरिरहेको व्यवसायले भने स्वरोजगारको पक्ष मात्र ओगटेको देखिन्छ ।

सरकारी निकायमा उनिहरु आधिकारिक रुपमा दर्ता भएका पनि छैनन् । एक्लै उद्योग स्थापना गर्न सक्ने सामथ्र्य समेत उनिहरुमा देखिदैन । त्यसैले पनि उनिहरुको उत्पादनका लागि बजारको समस्या छ । त्यसैले पनि उनिहरुको उत्पादन ‘वेनाम’ छ ।

हस्तकलाले भरिएको सुर्खेतमा उत्पादित ‘वेनामी’ सारी

पानी सदुपयोग गर्ने तयारीमा बराहताल

हस्तकलाले भरिएको सुर्खेतमा उत्पादित ‘वेनामी’ सारी

कोरियामा निधन भएका जीवनको परिवारलाई ११ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *