कोरियामा निधन भएका जीवनको परिवारलाई ११ लाख ६३ हजार सहयोग

सुर्खेत, १० भदौं ।
कोरियामा निधन भएका सुर्खेत पञ्चपुरीका जीवन घर्ती मगरको परिवारलाई आर्थिक सहयोग गरिएको छ । कोरियामा रहेका नेपालीहरुले सहयोग रकम संकलन गरी परिवारलाई आर्थिक सहायता उपलब्ध गराएका हुन । सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्धारा संयुक्त रुपमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो ।

इपिएसमार्फत रोजगारीको सिलसिलामा कोरिया आउनुभएको सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. ०३ का २७ बर्षिय जीवन घर्ती मगरको 경기도को 포천 ( खेङ्गिदो को फोछन) सहरमा सडक दुर्घट्नामा परि ज्यान गुमाएका थिए । उनको पार्थिव शरीर नेपाल पठाई अन्तिम दाहसंस्कार गर्नका लागी र पारिवारिक राहत होस भनि आर्थिक संकलन अभियान सुरु गरिएको थियो ।

सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्वारा संयुक्त रुपमा आर्थिक संकलन अभियान संचालन गरेको थियो । विभिन्न क्षेत्रमा कार्यरत कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत कोरियास्थित नेपाल राजदुतावास, लगायत विभन्न सामाजिक संघ संस्थाहरुले सहयोग गरेका थिए । आर्थिक संकलन कोषमा सहयोग रकम जम्मा १२२३८०६८ ₩ (एक करोड बाईस लाख अठ्तिसहजार अठ्सठ्ठी कोरियन वन) अर्थात ११ लाख ६३ हजार ४ सय संकलन भएको थियो ।

उक्त संकलित सहयोग रकम स्व.जीवन घर्ती मगर को दाहसंस्कार पश्चात कोषमा रहेको रकम दुबै संस्थाका प्रतिनिधि सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष बखत थापा र कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कोईराला लगायत सुर्खेत समाजका निवर्तमान अध्यक्ष लक्ष्मीनारायण बस्नेतको रोहवरमा स्वर्गिय जीवन घर्ती मगरको घरमै पुगि परिवारलाई हस्तान्तरण गरेका थिए ।

सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाले स्थापना काल देखिनै सामाजिक दायित्व अनुरुप कोरियामा रहेका सुर्खेत जिल्ला तथा कर्णाली प्रदेशका दक्षिण कोरियामा कार्यरत सम्पूर्णलाई एकीकृत बनाई आपसमा दुर्घट्ना न्युनिकरणमा सहजिकरण, सहयोग, सद्भाव, अपनत्व, भाईचारा कायम राख्दै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आईएको छ ।

सामाजिक क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्दै आएको जानकारी दिँदै रोजगारीको सिलसिलामा दक्षिण कोरीया आएका सुर्खेत जिल्लाका मात्रै ४ जना युवाले ज्यान गुमाएको स्मरण गराउँदै सुर्खेत समाजका सल्लाहकार संयोजक आशाराम ढुङ्गानाले स्वर्गिर्य जीवन घर्ती मगरको चिरशान्तिको कामना गर्दै दुःख व्यक्त गरे ।

साथै सुर्खेत समाज दक्षिण कोरियाका कार्यबहाक अध्यक्ष गोपाल खड्का र कर्णाली प्रदेश समाज दक्षिण कोरियाका कार्यबहाक अध्यक्ष सुदिप रावतले यस दुखद् समयमा अभियानमा सहकार्य गरी आर्थिक भौतिक रुपमा साथ सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मन संघ संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

कोरियामा निधन भएका जीवनको परिवारलाई ११ लाख ६३ हजार सहयोग

हस्तकलाले भरिएको सुर्खेतमा उत्पादित ‘वेनामी’ सारी

कोरियामा निधन भएका जीवनको परिवारलाई ११ लाख ६३ हजार सहयोग

YUGAAWHAN NATIONAL DAILY (2079-05-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *