झापा ५ (क) प्रदेश सभामा एमालेबाट हिक्मत कार्की निर्वाचित

दमक,८ मंसिर ।
झापा ५ (क) मा नेकपा (एमाले) का नेता एवम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका जीवन राईलाई पराजित गर्दै उहाँ निर्वाचित भएका हुन् ।
नेता कार्कीले २२ हजार ५३० र राईले १७ हजार ५८ मत प्राप्त गरे । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा केपी शर्मा ओली र प्रदेश सभा ५ (ख) मा होमबहादुर थापा यसभन्दा अघि नै विजयी बनेका थिए ।




