सल्यानको प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी

सल्यान,८ मंसिर ।
सल्यानको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी भएका हुन् । २० हजार ४०८ मत प्राप्त गरेका छन् ।
अधिकारीका निकतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गरेका छन् । प्रदेश सभा क्षेत्र नम्बर (ख) मा ४१ हजार ९६७ मत खसेकोमा एक हजार ८९८ मत बदर भएको छ ।






