किराना पसलमा आगलागी, लाखौको धनमाल जलेर नष्ट

बसन्त कुमार शर्मा, तुलसीपुर । दाङमा विहीवार (आज) विहान एक किराना पसलमा आगलागी भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका-७, पर्सेनिमा रहेकोे रिमा किराना पसलमा विहान करिव २ वजेतिर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । अस्थायी प्रहरी बिट पर्सेनिको ड्युटी पोस्ट ५ मिटर उतर पश्चिमको २ तल्ले घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । ।
बिधुतको मिटर बक्स पड्किएर आगलागी भएको हुनसक्ने भन्दै स्थानीयले लाइन काटिदिन विद्युत प्राधिकरणलाई जानकारी गराइएको भए पनि नाईट ड्युटीमा खटिएका कर्मचारीले लाइन काटन आफुलाई अनुमति नभएको जवाफ दिएको स्थानीयको गुनासो छ ।
पसलमा लागेको आगो बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट करिव १८ लाख बराबरको क्षति भएको हुनसक्ने दाङ्गका प्रहरी प्रमुख डिएपी श्याम अर्यालले जानकारी दिए ।






