ब्राउनसुगर अभियोगमा २ जना पक्राउ

सुर्खेत, ७ भदौं ।
घरमा ब्राउनसुगर लुकाइछिपाइ राखेको अभियोगमा सुर्खेत प्रहरीले सोमबार वीरेन्द्रनगर नगरपालिका ११ पिपिराबाट एक जनालाई पक्राउ गरेको छ । देउती बज्यै मन्दिर नजिक घर भएका १९ वर्षीय प्रतिक के.सीलाई एक पुडिया शंकास्पद ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश ब्युरो, लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकका संयुक्त प्रहरी टोलीले उनको घर खानतलाश गर्दा ब्राउनसुगर जस्तो पदार्थ बरामद गरेको बताइएको छ ।

मध्यान्ह १२ बजेतिर आप्mनै घरमा बसिरहेको केसीको सुत्ने कोठामा रहेको बाकसमा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारिएको प्रहरीको भनाई छ । केसीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उता, मुगु छाँयानाथ रारा नगरपालिका–२ ढाँडमोडबाट एक महिलालाई शंकास्पद ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेकी महिला कविर २६ कि पबित्रा बी.सि. थापाबाट ब्राउनसुगर बरादम गरेको दाबी गरिएको छ । बर्दियाको बढैयाताल गाँउपालिका–१ सीतापुर बस्ने थापाको साथबाट ५ दशमलव ७ ग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

ब्राउनसुगर अभियोगमा २ जना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2079-05-07)

ब्राउनसुगर अभियोगमा २ जना पक्राउ

चार्जिङ स्टेशनका लागि सम्भाव्यता अध्ययन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *