वडा अध्यक्ष पुलामीको पहलमा लेखबडाखोलि- जुमखोला सडकखण्डको पहिरो हटाउन सुरु

दिलिप ढकाल
कात्तिक ,५ सुर्खेत ।
गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले अबरुद्द भएको लेख बडाखोली – जुमखोला सडकखण्डमा खसेको पहिरो हटाउन सुरु गरिएको छ।
नजिकिदै गरेको दिपावली तथा छट पर्वमा लेख बडाखोली हुदै कालिमाटी गाउ पालिका वडा नम्बर ६ को जुमखोला जाने स्थानिय जनतालाई सहजको लागी पहिरो हटाउन लागीएको कालीमाटी गाउपालीका वडा नम्बर ६ का वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिए ।
गत असोज १९ गते देखि २४ गते सम्म परेको अविरल बर्षाले कालिमाटी गाउपालीका वडा नम्बर ६ भित्रको सडक खण्डमा करिब १०० भन्दा बढी ठाउमा पहिरो खसेको उहाको भनाई छ।
लगातार पानि परेको तथा नया सडक खनेको धेरै ठाउमा पहिरो खसेको उनको भनाई छ। साथै सबै को घरमा बत्ति बालेर झिलिमिका साथ् यो बर्ष तिहार मनाउन पनि उहाले आग्रह गरेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा निर्बाचित भए पश्चात वडा अध्यक्ष पुलामीले सडक स्तरोन्नति तथा वडा नम्बर ६ का सबै घर धुरीमा बत्ति बाल्ने योजनाका साथ अगाडी बढेको बताउनु भएको छ।






