स्थानीयको श्रमदानमा आँपखोली खोलामा ग्याविन जाली भरियाे

दिलिप ढकाल
भेरीगंगा, ६ भदौ ।
“श्रम संस्कृतको विकास गरौँ ! अवरुद्ध समाजको निकास गरौँ !!”-भन्ने मुल नारा लाई आत्मसाथ गर्दै भेरिगंगा नगरपालिका वडा नम्बर १३ मा वर्षाका कारण क्षती पुग्न गइ अवरुद्ध भएको सडकखण्डमा ग्याबिन (जाली )भर्ने काम सम्पन्न भएको छ।

राताचौर समैजेघाट सडक खण्ड अन्तर्गत भेरिगंगा नगरपालिका वडा नम्बर १३ (साबिक रामघाट – ६/७ को सिमानामा ) तल्लो आंपखोली खोलामा रहेको कच वे मा ग्याबिन भर्ने काम सम्पन्न भएको हो। गत ३ गते भेरिगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष गणेश बहादुर भण्डारी ले सामाजिक संजाल फेसबुकमा सुचना शेर गर्दै ५ गते ५ घण्टा श्रमदान गरि अबरुद्द बाटो खुलाउने कार्यमा सबैले सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको थियो।

सोहि सुचना लाई आधार मानि ५ गते दिउसो अविरल वर्षाका बाबजुद १३ नम्बर वडा निवासी विभिन्न राजनैतिक दल,जनप्रतिनिधि , शिक्षक ,बुद्धिजीवी , कर्मचारी, पूर्व-जनप्रतिनिधि स्वास्थ्यकर्मी,किसान मजदुर, ईन्जिनियर, सवारी साधन चालक, सवारी धनि,लगाएत को उपस्थिति रहेको थियो।उक्त कार्यमाश्रमदानको लागि वडा न. ११ बाट तेज खड्का , १२ र ४ छिन्चुबाट दिपेन्द्र योगि र गणेश ओलीको पनि सहभागिता रहेको थियो।

साथै सोही सडक खण्डको साबिक रामघाट वडा नम्बर ७ र ८ को सिमान तल्लो करेली खोलाको वारिपारीमा रहेको हिलाम्मे सडकको खाल्डाखुल्डी पनि पुरिएको भेरिगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष गणेश बहादुर भण्डारीले जानकारी दिनु भयो। साथै उहाले सम्पुर्ण सहयोगी हातहरु प्रति वडा सरकार र आफ्नो ब्यक्तिगत तर्फ बात उच्च सम्मान सहित धन्यवाद ब्यक्त गर्नु भएको छ।

स्थानीयको श्रमदानमा आँपखोली खोलामा ग्याविन जाली भरियाे

कर्णाली सरकारको गरिबी, ‘आम्दानी अठन्नी, खर्च रुपैयाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *