फोर्सगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

कालीकोट,६ साउन ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ६ स्थित सिम्लेगाडमा फोर्सगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालिकोट सदरमुकाम मान्मबाट नाग्मतिर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको फोर्स गाडी सिम्लेगाड खोलामा दुर्घटना भएको हो।

दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। दुर्घटनामा सहचालक कालिकोट पचालझरना गाउँपालिका २० वर्षीय तुफान बमको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी सिद्धराज न्यौपानेका अनुसार ओरालो सडकमा तीव्र गतिको गाडी दुर्घटना भएको अनुमान गरिएको छ।

चालक फराह भएकाले दुर्घटनाको कारण खुलेको छैन। घाइतेको कालिकोट अस्पतालमा उपचार भइराखेको छ। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।

फोर्सगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

सम्पादकीय : वर्षको तिक्तता नबढाउ

फोर्सगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु एक करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *