प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु एक करोड १६ लाख ५९ हजारको क्षति

सल्यान, साउन ६ गते । सल्यानमा गत आर्थिक वर्ष २०७८÷०७९ मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट आठ जनाको मृत्यु भएको हो । विपद्बाट एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ ।

चालु आर्थिक वर्षको श्राउन देखि असार महिनासम्म आगलागी, बाढी पहिरो, चटयाङ, हावाहुरी र अविरल बर्षा लगायतका विपद्का घटनाबाट एक करोड १६ लाख ५९ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार आगलागीबाट एक, बाढी पहिरोबाट ६ र चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ ।

आगलागीबाट १३ घरमा क्षति पुगेको छ । आगलागीबाट २४ वटा बाख्रा ३ सय कुखरामा क्षति पुगेको छ । यस्तै २१ महिला, १९ पुरुष र २८ जना बालबालिका प्रभाबित भएका छन । आगलागी बाट ५७ लाख बराबरको क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाढी पहिरोबाट ६ जनाको मृत्यु, १ घाइते भएको बताए  । उनका अनुसार २ घरका ३ महिला, ४ पुरुष र ६ बालबालिका प्रभाबित भएका छन भने १२ लाख बराबरको क्षति भएको छ ।

यस्तै चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । जसबाट १ घरका ५ महिला, ५ पुरुष र ११ बालबालिका प्रभावित भएका छन । ७ वटा पशुपंक्षिको मृत्यु भएको छ । जस बाट २० लाख बराबरको क्षति भएको छ ।

यस्तै हावाहुरी बाट ३ वटा घर, ९ वटा बिद्यालयमा गरी १७ लाख ८३ हजार बराबरको क्षति भएकोे छ । हावाहुरीबाट १७ लाख ८३ हजार बराबरको क्षति भएको छ भने अबिरल वर्षाबाट करिब ९७ लाख ६० हजार बराबरको क्षति सल्यान प्रशासनले जनाएको छ ।

प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु एक करोड १६ लाख ५९ हजारको क्षति

फोर्सगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु एक करोड १६ लाख ५९ हजारको क्षति

चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *