चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा मरे

हुम्ला, ६ साउन ।
जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकामा ५० भन्दा बढी बाख्रा मरेका छन् सर्केगाड– २ का रिपको खानी भन्ने स्थानको खर्कमा लगेका वेला चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा मरेका हुन्। खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय छक्का कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन्।

वडाध्यक्ष सिद्ध कार्कीका अनुसार चट्याङले छक्का कार्की पनि सामान्य घाइते भएका थिए। उनको अवस्था सामान्य हुँदै गएको छ चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले जानकारी दिए।






