भेरीमा मिनि ट्रक खस्दा एकको मृत्यु, एक बेपत्ता

दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), ८ चैत्र ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. ६ मनकाबगरमा सोमबार गोतामकोटदेखि डोल्पा जिल्लाको खदाङतर्फ खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको मिनि ट्रक भेरी नदीमा खसेको हो ।

मिनि ट्रकका सह–चालक आठविसकोट नगरपालिका नं. ६ का २२ बर्षिया धन बहादुर बोहराको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही स्थानका २३ बर्षिया अनिल बिक बिपत्ता भएका छन् ।

घाइते अन्य व्यक्तिलाई इलाका प्रहरीले उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ भने बेपत्ता भएका अनिल बिकको खोजि कार्य भैरहेको इलाका प्रहरी कार्यालय दल्लीले जानकारी दिएको छ ।

भेरीमा मिनि ट्रक खस्दा एकको मृत्यु, एक बेपत्ता

बिष्णु आधारभुत विद्यालयको ४ कोठे भवनको उद्घाटन

भेरीमा मिनि ट्रक खस्दा एकको मृत्यु, एक बेपत्ता

ऋण लिएर कर्णालीका ग्रामीण बस्तीमा विद्युतीकरण गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *