बिष्णु आधारभुत विद्यालयको ४ कोठे भवनको उद्घाटन

बसन्त कुमार शर्मा
कुमाख (सल्यान), ८ चैत्र ।
सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ मर्मपरिकाँडा अवस्थित बिष्णु आधारभुत विद्यालयको ४ कोठे भवनको सोमबार उद्घाट्न गरिएको छ । भवन कर्णाली प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको २९ लाखको सहयोगमा बनेको हो ।

कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरीले एक कार्यक्रमवीच भवनको उद्घाटन गर्नुभएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गिरीले गाउँपालिका सम्पूर्ण वडामा समानुपातिक ढंगले बिकास गरेको बताउनुभयो ।

देशमा संघीयतापछि बिकास पनि त्यही मोडेलमा भएको र बिकासलाई दिगो बिकासमा जोड्नु पर्ने हिजो बिकास पहुँचवालाको हातमा थियोे आज संघीयतापछि सबैको पहुँचमा पुरयाएको उहाँले बताउनुभयो ।

अहिलेको व्यवस्था कारण जनताको घरघरमा सरकार पुगेको र विकास पनि सरकारको घरसम्म पुगेको अनुभुति गराउनु पर्ने सरकारको दायित्व भएको बताउनुभयो ।

त्यस्तै किसानको जीवनस्तर माथी उठाउन विभिन्न कार्यक्रम कृषि मैत्री साथै भैंसीको भकारो सुधार, भैंसीलाई सुत्केरी भत्ता प्रदान, अदुवा उत्पादन, बाख्रापालन, शिक्षा स्वास्थ्य र खानेपानीमा लगानी गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि डिल्लीराज जैसीले कुमाखको दुर्गम बिकट ठाउँमा पनि दुबै तर्फबाट आवतजावत गर्न मिल्ने सडक निर्माण गरेको अझै बिकास निर्माणका काम गर्न बाँकी रहेको बताउनुभयो ।

अहिलेको व्यवस्था वडाको सरकारभित्र एक जना महिला र एक जना दलित महिला र निर्वाचनको प्रतिस्पर्धामा ५ जना समाबेशी महिला मात्र भएपनि निर्वाचनमा भाग लिन पाउने तर पुरुष मात्र ५ जना चुनाव भाग लिन नपाउने व्यवस्था रहेको बताउनुभयो । अबका दिनमा महिला अझै सशक्त सबल हुने अवस्था आएको छ ।

कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष चित्र बहादुर बुढाथोकीले बिद्यालयमा भवन ल्याउन धेरै दुख गरेको र अझै फिल्ड निर्माण र घेरबार अझै बाँकी रहेको यो भवन निर्माण गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी कर्णाली प्रदेश र कुमाख गाउँपालिकालाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख दिपक कुमार चन्द, कार्यपालिका सदस्य पुर्णिमा खत्रीले भवन निर्माणले शिक्षण सिकाई क्रियाकलाप सहज हुने बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहबिर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रम प्रधानाध्यापक डण्डबिर रावतले सञ्चालन गर्नुभएको र स्वागत मन्तव्य शिक्षक ओपेन्द्र बुढाथोकीले गर्नुभएको थियोे ।

२०२१ सालमा स्थापना भएको पुरानो बिद्यालय बिष्णु आधारभुत अर्को ३ कोठे भवनको निर्माण अन्तिम चरणमा पुगेको कर्णाली प्रदेश संसद विकास कोषबाट भएको र केही दिनपछि प्रदेश संसद गुलाब जङ्ग शाह उद्घाटन गर्ने कार्यक्रम रहेको बिद्यालय परिवारले जानकारी दिनुभएको छ ।

बिष्णु आधारभुत विद्यालयको ४ कोठे भवनको उद्घाटन

पञ्चपुरी नगरपालिकाको सेवा अब आफ्नै भवनबाट

बिष्णु आधारभुत विद्यालयको ४ कोठे भवनको उद्घाटन

भेरीमा मिनि ट्रक खस्दा एकको मृत्यु, एक

Leave a comment

Your email address will not be published. Required fields are marked *