२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

पञ्चपुरी नगरपालिकाको सेवा अब आफ्नै भवनबाट

प्रेम सुनार
पञ्चपुरी(सुर्खेत), ८ चैत्र ।
लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको पञ्चपुरी नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । नगरपालिकाको प्रशासनिक भवन सोमबार एक कार्यक्रमवीच उद्घाटन गरेपछि दैनिक सेवा प्रवाह आफ्नै भवनबाट सुरु भएको हो ।

नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, उपप्रमुख मुक्ति रेग्मी लगायत जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिको उपस्थितिमा भवनको उद्घाटन गरिएको छ ।

६ करोड ५९ लाखको लागतमा निर्माण भएको भवन केन्द्र सरकारको २ करोड ५० लाख र बाँकी नगरपालिकाको आन्तरिक स्रोत बाट निर्माण गरिएको जनाइएको छ ।

रोयल कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको सो भवनमा बालवालिका, जेष्ठ नागरिक र अपाङ्गता मैत्री समेत बनाइएको छ । उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन अबदेखि थप सहज हुने बताउनुभएको छ ।

त्यस्तै नगर उपप्रमुख मुक्ति रेग्मीले नागरिकले नयाँ भवनबाट सबै सेवा पाउने र नगरको कामका लागि अन्य शाखाहरुमा धाउनुपर्ने र धेरै समय कुर्नुपर्ने समस्याको अन्त्य हुने समेत बताउनुभयो ।

भूकम्प प्रतिरोधि सो प्रशासनिक भवनमा सभाहलसहित नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टा छुट्टै कार्यकक्ष, छुट्टै ‘मिनी मिटिङ हल’ तथा बिभिन्न शाखाका छुट्छुट्टै कोठासमेत रहेको छ ।

पञ्चपुरी नगरपालिकाको सेवा अब आफ्नै भवनबाट

चुनावी तालमेल गठबन्धनलाई आवश्यक छ : उपमहासचिव

पञ्चपुरी नगरपालिकाको सेवा अब आफ्नै भवनबाट

बिष्णु आधारभुत विद्यालयको ४ कोठे भवनको उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!