शास्त्रीय आधारमै औषधि-उपचार

पुनम वि‍‍‌‍‍‍‍‍‍‍‍‍‍ सी‍‍

सुर्खेत,५ साउन ।

विभिन्न खोज अनुसन्धान पश्चातको रासायनिक मिश्रणःतथा औषधि उपचारमा विगत लामो समयसम्म जोडिएको मानव समुदाय विस्तारै आयुर्वेदिक उपचारतर्फ फर्कन थालेको छ । खासगरी कोभिड–१९ महामारी पछि सर्वसाधारणसमेतले आयुर्वेद पद्दतिको औषधि उपचारको विश्वास र प्रयोग बढाउँदै गएको देखिन्छ ।

रासायनिक मिश्रणको फाइदा र बेफाइदा दुबै छन्, मानव स्वास्थ्य होस् या कृषि, आयुर्वेद पद्दतिको पुनः प्रयोगमा मानव समुदाय फर्कन थालेको छ । सुर्खेतस्थित प्रदेश आयुर्वेद औषधालयमा समेत सेवाग्राहीको संख्या विगतको तुलनामा बढ्न थालेको छ । यसको मु ख्य कारण शास्त्रमा उल्लेख औषधि उपचारको प्रयोग रहेको देखिन्छ ।

औषधालयले शास्त्रमा उल्लेख गरिएका जडिबुटीको प्रयोग गरि आयुर्वेद औषधि निर्माण गर्न थालेपछि यसप्रति नागरिकको चासो समेत बढ्न थालेको औषधालयले जनाएको छ । औषधालयले हालको समयमा खासगरी ९ प्रकारका औषधिको निर्माण गर्दै आएको छ । यसमध्ये ४ प्रकारका औषधि शास्त्रमा उल्लेख घटकहरुको प्रयोग गरी निर्माण गरिएको औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए ।

शास्त्रमा उल्लेख समिश्रण विधिको प्रयोग गरि औषधालयले कर्णालीमा उपलब्ध जडिबुटीले ४ प्रकारका चूर्णको निर्माण थालिएको उनको भनाई छ । यसमा अविवतिकर चूर्ण, हिंगवाष्टक चूर्ण, शितोपलादि चूर्ण र त्रिफलाचूर्ण रहेका छन् । यसका साथै औषधालयले अमलकीचूर्ण,
अश्वगन्धाचूर्ण, गुडुचीचूर्ण, पीडाहर तेल र अमृत चिया आफै निर्माण गर्ने गरेको उनले जानकारी दिए ।

अमलाकाे  प्र योगले अमलकीचूर्ण, अश्वगन्धाले अश्वगन्धा चूर्ण, गुर्जोले गुडुचीचूर्ण र घोडमर्चा, अलैची, गुर्जो तुलसी, शुठो, तेजपात, लेमनग्रास र गन्साइनोको मिश्रणले अमृत चिया बनाउने गरिएको डा. रिजालले जानकारी दिए । यसैगरी देवदार, तिल, एरण्ड धरिंग्रेलगायतका जडिबुटीको मिश्रणले पीडाहर तेलको निर्माण हुने उनको भनाई छ ।

औषधालयले आ.व. २०७८÷०७९ मा २१ क्विण्टल बढि आयुर्वेद औषधिको निर्माण गरेको छ । यसमा सबैभन्दा बढि गुर्जोको मुख्य मिश्रण गरी गुडुची चूर्ण बनाइएको छ । यसैगरी एक सय ५० किलो अमलकीचूर्ण, दुई सय ५० किलो अश्वगन्धाचूर्ण, तीन सय ७० किलो अविपतिकर चूर्ण, दुई सय ५० किलो हिंगवाष्टक चूर्ण, तीन सय ७० किलो त्रिफला चूर्ण, दुई त्रिफला चूणर्, दुई सय ५० किलो अमृत चियाबनाइएको डा. रिजालले जानकारि दिए  ।

बढ्न थाले सेवाग्राहि

आयुर्वेदप्रति नागरिकको विश्वास तथा औषधालय आफैले आयुर्वेद औषधिहरुको निर्माण गर्न थालेपछि प्रदेश आयुर्वेद औषधालयमा सेवा लिनेहरुको संख्या पनि बढ्न थालेको छ । विगत चार वर्षमा प्रदेश आयुर्वेद औषधालय मार्फत सेवा लिएकाहरुको संख्या हेर्ने हो भने करिव ८० प्रतिशत सेवाग्राहीको संख्यामा वृद्वि भएको औषधालय प्रमुख डा. रिजाल बताउँछन् । औषधालयबाट खासगरी स्तनपायी आमा, जेष्ठनागरिक सेवा, पूर्वकर्म/पञ्चकर्म, शल्य/क्षारसूत्रलगायतका विषयमा सेवा प्रदान गरिदै आइएको उनले जानकारी दिए ।

औषधालयबाट प्रवाह सेवाहरुमध्ये जेष्ठ नागरिक सेवा लिनेहरुको संख्या सबैभन्दा धेरै छ । आ.व. २०७८/०७९ मा सात हजार चार सय १२ जना नागरिकले जेष्ठ नागरिक सेवा लिएका छन् । २०७५/०७६ मा औषधालयमार्फत २२ हजार ९२ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने ४० हजार ८६ जनाले सेवा लिएको औषधालयले जनाएको छ ।

अस्पताल नहुँदा सेवामा कठिनाइ

आयुर्वेदप्रति नागरिकको विश्वासमा वृद्वि तथा प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढेपनि औषधालय हालसम्मपनि अस्पतालको रुपमा विकास हुन सकेको छैन । डा. रिजाल भन्छन्, । हामी आफै आयुर्वेद औषधिहरुको निर्माण गरिरहेका छौँ । यसप्रति सेवाग्राहीको पनि चाप बढेको छ । औषधालयलाई अस्पतालका रुपमा विकास गरिनुपर्ने हालसम्म पनि भएको भने छैन ।’ औषधालयले आफ्ना उत्पादनको गुणस्तर कायम राखी औषधिको प्रभावकारिता बनाईराख्नका लागि ।

प्याकेजिङ’ को पनि व्यवस्था गरेको छ । अस्पतालको आफ्नै औषधि वितरण शाखा पनि छ । आपूmले उत्पादन गरेका तथा अन्य आयुर्वेद औषधिहरु गरी कुल ३९ प्रकारका औषधि औषधालयमा निःशुल्क रुपमा पाउन सकिने बताईएको छ । औषधालयलाई अस्पतालको रुपमा विकास नगरिदा भने सेवाग्राही मर्कामा रहेको डा. रिजाल बताउँछन् ।

कतिपय सेवाग्राहीलाई प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।’ उनले भने, तर अस्पतालको रुपमा विकास नहुँदा भने हामीले सेवाग्राहीको नियमित निगरानी गर्न सकेका छैनोँ । त्यसैले पनि अस्पतालको रुपमा विकास आवश्यक छ ।’ औषधालयका लागि आवश्यक दरवन्दीसमेत छैन ।

यस विषयलाई औषधालयले आफ्नो प्रमुख समस्याका रुपमा लिएको छ । औषधालयसँग हाल १३ जनाको जनशक्ति छ । जसमध्ये आठ जना मात्र स्वीकृत दरवन्दीमार्फत आएका हुन् । बाँकी जनशक्ति औषधालयले सेवा करार, छात्रवृत्ति करार, कार्यक्रम करार, सशर्त कार्यक्रम करार र समितिका तर्फबाट करार सेवामा लिएको डा. रिजालले जानकारी दिए ।

उनले भने, ।।।विभिन्न समयमा कणर्ालीका मन्त्रालयहरुमा दरवन्दी तेरिजसहितको प्रदेशस्तरीय आयुर्वेद अस्पताल निर्माणको प्रस्ताव गरी पठाएका छौँ ।’ यसैगरी औषधालयले ६० वर्ष उमेरमाथिका नागरिक, अशक्त, असहाय र विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान समेत गर्दै आएको छ । सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत औषधालय जोडिन चाहन्छ । तर हालसम्म पनि औषधालयलाई स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत समावेश नगरिएको डा. रिजाल बताउँछन्

शास्त्रीय आधारमै औषधि-उपचार

YUGAAWHAN NATIONAL DAILY (2079-04-05)

शास्त्रीय आधारमै औषधि-उपचार

मुगुका आगलागी पीडितको पीडा : घाम लागे

Leave a comment

Your email address will not be published. Required fields are marked *