गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस मनाइयाे

सुर्खेत, ७ चैत्र ।
नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौँ स्मृति दिवस सोमबार सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ । दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले वीरेन्द्रनगरमा विचार, गोष्टी कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमका सहभागीहरुले कोइरालाको योगदानलाइ स्मरणगर्दै उहाँकै कारण नेपालीले शान्ति र संविधान दुबै पाएको बताएका छन् । कार्यक्रममा प्रध्यापक हरिहर बस्नेतले स्वर्गीय काइरालाले नेपाली राजनितिमा पुरयाएको महत्वपुर्ण योगदानको चर्चागर्दै कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले स्वर्गीय कोइराला काँग्रेसको मात्र नभएर सिंगो नेपालीको नेता हुन सफल भएको भन्दै उहाँको बाटो कांग्रेसले अनुसरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मप विश्वविधालयका पूर्वडिन पिताम्वर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउँदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो ।
उहाँले काँग्रेसले राष्ट्रियतालाई आफ्नो प्रमुख नीतिको रुपमा समावेश गरेको भन्दै अहिले नेपालका सबै राजनीति दलहरु काँग्रेसले लिएको लोकतन्त्रको नीति भित्र समावेश भइसकेको बताउनुभयो । पूर्वडिन ढकालले पाटीभित्रका सबै नेताहरु एउटै विचार र भावनाका साथ अघि बढे कोइरालाको सपना पूरा हुने जिकिर गर्नुभयो ।
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका सदस्य शम्भु पन्तले गिरिजाप्रसाद कोइरालाको विचार लाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रजातन्त्र, लोकतन्त्र र समाजवाद देशको मेरुदण्ड भएको भन्दै यसलाई संस्थागत गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले गिरिजाप्रसाद कोईरालाले स्थापना गरेको सहमति, सहकार्य र एकतालाई अनुसरण गर्दै अगाडि बढ्न सकेमात्र आगामी निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभयो ।
उहाँले गठबन्धनका नाममा सुर्खेत काँग्रेसका मतदाताले अन्य पाटिमा मत हाल्न नसक्ने भन्दै,पाटी भित्र एकतालाइ मजबुत बनाउन पाटी नेतृत्वलाई आग्रह गर्नुभयो । काँग्रेसले अव ईतिहासलाई भजाएर मात्रै नहुने भन्दै उहाँले नयाँ तरिकाले पाटी चल्नुपर्नेमा आवशयकता खट्किएको बताउनु भताउनुभयो ।
त्यस्तै कार्यपत्रमाथी टिप्पणी गर्दै निवर्तमान क्षेत्रिय सभापति नारायणकुमार कोइरालाले गिरिजाप्रसाद कोइरालाको नेपालमा मात्र नभएर अन्तर्रास्ट्रियस्तरमा समेत चर्चाहुने भएकाले उहाँलाई दक्षिण एसियाकै शिर्ष नेताका रुपमा हेरिने गरेको उल्लेख गर्नुभयो ।
उहाँले गिरीजाप्रसाद कोइरालाले टुटफुटको राजनीतिलाई अन्त्य गरि अगाडि बढ्नुपर्ने मान्यता राखेकै कारण देश अहिले यो अवस्था सम्ममा आइपुगेको जिकिर गर्नुभयो । कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाइ विजय गराउन सबै एकजुट हुनुपर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी अन्य राजनितिक दलहरु भन्दा नेपाली काँग्रेस भित्र सहमति सहर्काय र एकताको आवश्यकता रहेको उल्लेख गर्नुभयो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्वपूर्ण छ ।
पाँच पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । कार्यक्रम जीपी कोइराला फाउण्डेशन सुर्खेतका अध्यक्ष ललित भटराइको अध्यक्षतामा सम्पन्न भएको हो ।









