रुकुम पश्चिममा राजनीतिक दलहरु चुनाबी मैदानमा

प्रचण्ड खत्री
रुकुम पश्चिम, ७ चैत्र ।
रुकुम पश्चिममा विभिन्न राजनीति दलहरू चुनाब मैदानमा उत्रियका छन । पार्टी प्रवेश गराउने देखि लियर अन्तरक्रिया आमसभा गर्ने गरेका छन् ।
बिशेष गरी नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस नेकपा एमाले र संघीय समाजबादी पार्टी मैदानमा उत्रिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
संगठनका भेला बैठक, अन्तरक्रिया चलाईरहेका छन् । नेकपा माओवादी केन्द्र बाफिकोटका अनुसार आफुहरुको केही दिनमै उम्मेदवारको टुङ्गो लगाउने र त्यसपछि जनताको घरदैलोमा जाने आमसभा जनसभा गर्ने गरेको माओवादी केन्द्र बाँफिकोटले जनाएको छ ।
नेपाली काँग्रेसले भने वडावडामा अन्तरक्रिया चलाईरहेको छ । आफ्ना पक्षमा कसरी मान्छे बनाउन सकिन्छ भने हेतुले १ महिने जागरण अभियान चलायको नेपाली काँग्र्रेस बाँफिकोट गाउपालिका सभापति जनक कुमार बाठाले बताए ।
अन्य साना दल पनि चुनाबी मैदानमा उत्रिएका छन् । सबै आआफ्नो जित्ने दाबिका साथ चुनाबी मैदान होमिएका छन् । केही दिन अगाडी चौरजहारी नगरपालिकाले चुनाबी झल्को आउने खालको वाईसीएलको नगर सम्मेलन गरयो । त्यसको परिणाम थियो युबाहरु उत्रानु र युबालाई चुनाव केन्द्रित बनाउनुपर्ने बताउनुभयो ।
चुनावी अभियानलाई लिएर नेकपा माओवादी केन्द्रका नेता अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर गृह जिल्ला पुग्नुभएको छ । उनले ५ गत्ते नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गरेका थिए । उनलाई कार्यकर्तालाई चुनाबमा लाग्न अनुरोधसमेत गरेका थिए ।






