टिप्परबाट किशोरीको मृत्यु घटना : छिन्चुमा विद्यार्थीले गरे यातायात बन्द

सुर्खेत, ७ चैत्र ।
टिप्परको ठक्करबाट मृत्यु भएकी लक्ष्मी पुलामी घटनाका दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा विद्यार्थीहरुले छिन्चु यातायात बन्द गराएका छन् । सुर्खेत-काेहलपुर सडक खण्ड रत्नराजमार्गकाे सल्लीचाेक र छिन्चु बजारमा प्रदर्शनकारीहरुले बाटाेमा टायर बालेर अवराेध गरेकाे इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएकाे छ । पिडित पक्ष र गाडीधनीस‌ग समन्वय भएकाले तत्काल अवराेध खुल्ने जनाइएकाे छ ।

चैत्र ५ गते दिउँसो वीरेन्द्रनगर नगरपालिका ११ धुलियाविट नजिक वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको भे १ ख ३१०२ नम्बरको टिप्परले सोही दिशा तर्फ गईरहेको भे ७ प १७९९ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना मध्ये लेकबेशी नपा ५ नेटा निवासी वर्ष १८ कि लक्ष्मी पुलामी मगरको उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने टिप्पर र टिप्पर चालक बाँसंगढी नपा ५ बर्दिया घर भएका वर्ष ३१ का राजु थापा मगर तथा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन् । भने मोटरसाईकल चालक लेकबेशी नपा ८ का वर्ष २० को मिलन विकलाई प्रहरीले पक्राउ गरि थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो ।

टिप्परबाट किशोरीको मृत्यु घटना : छिन्चुमा विद्यार्थीले गरे यातायात बन्द

YUGAAWHAN NATIONAL DAILY (2078-12-07)

टिप्परबाट किशोरीको मृत्यु घटना : छिन्चुमा विद्यार्थीले गरे यातायात बन्द

रुकुम पश्चिममा राजनीतिक दलहरु चुनाबी मैदानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!