भेरीगंगा र गुर्भाकोटका ४२८ परिवारले पाउने भए जग्गाधनीपुर्जा (नामावलीसहित)

सुर्खेत, ७ चैत्र ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका ३३९ घरपरिवारको हकदाविका लागि नामावली सार्वजनिक गरेको छ । स्थायी जग्गाधनी पुर्जा वितरणका लागि थप वा पुरक प्रमाण तथा कागजातहरु पेश गर्न र कुनै दावि विरोध वा उजुरीका लागि नामावलीसहित सूचना सार्वजनिक गरेको हो ।

मिति २०७८ फागुन २९ र मिति २०७८ चैत्र २ गते सातदिने सूचना सार्वजनिक गरेको छ । साविक कोटमाझखर्क गाविसमा पर्ने हाल भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई स्थायी जग्गाधनी पुर्जा (लालपुर्जा) दिन तयारी थालिएको छ ।

राष्ट्रि भूमि आयोग गठन आदेश २०७८ को दफा २० बमोजिम यस अघि भूमि सम्बन्धि समस्या समाधान गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम नेपाल सरकारले गठन गरेका आयोग, समिति वा कार्यदलबाट काम शुरु भई सम्पन्न हुन बाँकी रहेका काम वा भएका निर्णयको कार्यान्वयन यस आयोगले गर्ने जनाइएको छ ।

त्यसैगरी विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धि कार्यविधि–२०७८ को दफा ४ को उपदफा (३) बाँकी काम सम्पन्न गर्ने प्रयोजनका लागि विगठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिमा निवेदन दिईसकेको भए सोको विवरण सार्वजनिक गरी त्यस्ता निवेदकहरुबाट आवश्यक थप वा पूरक प्रमाण तथा कागजातहरु पेश गर्न र कुनै दावि विरोध वा उजुर गर्नुपर्ने भएमा सोका लागि जिल्ला समितिले कम्तिमा ७ (सात) दिनको म्याद दिई राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था भएकोले जिल्ला समितिको मिति २०७८/१२/२ को निर्णय अनुसार तल उल्लेखित व्यक्तिहरुको नामावली प्रकाशित गरिएको छ ।

उक्त नामावलीहरुमा थप वा पुरक प्रमाण पेश गर्नुपर्ने भएमा वा पेश गर्न र कुनै दावि विरोध वा उजुर गर्नुपर्ने भएमा यस आयोगको जिल्ला समिति सुर्खेतमा सात दिनभित्र सवुत प्रमाणसहित पेश गर्नुहोला अन्यथा नियमानुसार भैजाने सूचना प्रकाशित गरिएको छ ।

यस अघि मिति २०७८/११/२९ गते ७६ घरपरिवारको नामावली सार्वजनिक भएको थियो । पहिलो पटक ७६ घरधुरी र दोस्रो पटक ३३९ जना गरी कुल ४२८ जना घरपरिवारले जग्गाधनी स्थायी पुर्जा पाउने अन्तिम तयारीमा रहेका छन् ।

पहिलो पटक प्रकाशित सूचनामा साविक कोटमाझखर्क हाल भेरीगंगा नगरपालिका ७६ घरपरिवार र साविक मेहलकुना गाविस हाल गुर्भाकोट नगरपालिकामा पर्ने १३ घरधुरीलाई स्थायी जग्गाधनी प्रमाण पुर्जा वितरणको अन्तिम तयारी गरिएको हो ।

साविक कोटमाझर्ख हाल भेरीगंगा नगरपालिकामा पर्ने काजगातहरु पुरा भएका र आफै ३८ घरपरिवार र मृत्युपछि हक हस्तान्तरण भएका ३८ घरपरिवारको नामावलीसहित सवुत प्रमाण पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिनुभयो ।

त्यसैगरी साविक मेहलकुना गाविसमा पर्ने हालको गुर्भाकोट नगरपालिकाका घरपरिवारको नामावली प्रकाशन गरी ७ दिनभित्र सबुत प्रमाणसहित पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको नापी कार्यालय सुर्खेतका प्रमुख नापि अधिकृत, भूमि आयोग सुर्खेतका सदस्य सचिव तथा प्रवक्ता राजेन्द्र थापाले जानकारी दिनुभयो ।

सात दिने सार्वजनिक सूचनाको म्यादभित्र सवुत प्रमाणसहित पेश हुन आएपछि औपचारिक कार्यक्रम गरी आयोगबाट पहिलो र दोस्रो पटक सूचना प्रकाशनमा समेटिएका ४२८ घरपरिवारलाई स्थायी जग्गाधनी प्रमाणपत्र पुर्जा वितरणको कार्य औपचारिक रुपमा थालनी हुने अध्यक्ष पौड्यालले जानकारी दिनुभयो ।

३३९ घरपरिवारको नामावली पिडिएफ फाईल

मिति २०७८/१२/२ गते प्रकाशित सूचनाको नामावली विवरण

भेरीगंगा र गुर्भाकोटका ४२८ परिवारले पाउने भए जग्गाधनीपुर्जा (नामावलीसहित)

गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस मनाइयाे

भेरीगंगा र गुर्भाकोटका ४२८ परिवारले पाउने भए जग्गाधनीपुर्जा (नामावलीसहित)

जलस्रोत मन्त्रालयसँग सहकार्य गरेर अगाडी बढन मन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!