नेरामावि कोप्चीको तीन कोठे पक्की भवनको उद्घाटन

दिलिप ढकाल
गुर्भाकोट, ७ चैत्र ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ७ मा अबस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोप्चीको ३ कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।

आइतबारनै बिद्यालयमा विद्यार्थीको क्षमता बिकास कार्यक्रमसंगै निबर्तमान प्रधानाध्यापक स्वर्गीय टेक बहादुर खत्रीलाई मरणोपरान्त सम्मान समेत गरिएको छ । ३ कोठे पक्की भवनको उद्घाटन जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देलले गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति सुर्खेत को २३,००,००० (तेइस लाख ) र गुर्भाकोट नगरपालिका को ३,००,००० (तीन लाख) गरी जम्मा २५,००,००० (पच्चीस लाख) को आर्थिक सहयोगमा विद्यालयमा ३ कोठे पक्की भवनको निर्माण गरिएको थियो ।

३ कोठे भवन निर्माण भए पश्चात कार्यालय, बिज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब सञ्चालन हुने छन् । त्यस्तै विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि गुर्भाकोट नगरपालिका वडा नम्बर ७ ले बिद्यालयलाई १,००,००० (एक लाख) आर्थिक सहयोग गरेको बिद्यालय परिवारले जानकारी दिएको छ ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि वडाले गरेको सहयोगबाट खेलकुदतर्फ भलिबल/कबड्डी/हाईजम्प/लङ्गजम्प/हाजिरीजवाफ तथा क्तृत्वकला प्रतियोगीता सञ्चालन हुनेछन । आइतबारदेखि सुरु भएको खेल यहि नांै गतेसम्म सञ्चालन हुनेछ ।

विद्यालयमा तीन कोठे पक्की भवनको उद्घाटन भैरहदा भबन आभावको कारण शिशु कक्षामा अध्यनरत ३५ जान बालबालिका खुला चौरमा अध्यापन गराउनु परेको प्रधानाध्यापक बुद्द बहादुर खत्री दुखेसो गर्नुभयो ।

साथै बिद्यालयमा शिशु कक्षा सञ्चालनको लागि भौतिक पूर्वाधारको पहल गरिदिनुहुन समेत प्रधानाध्यापकले सबैसंग आग्रह गर्नुभएको थियो । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देल प्रमुख आतिथ्यता तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशर सिंह बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन, नगर उप–प्रमुख मैना बिक, जिल्ला समन्वय समिति सुर्खेतका सदस्य बाशुदेव शर्मा, सामाजिक बिकास समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका ८ नबर का वडा अध्यक्ष चित्र बहादुर रेग्मी, वडा नम्बर ७ का वडा अधक्ष बिर्ख बहादुर सार्की लगायत अभिभाबक तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यस्तै बिद्यालयका प्रधानाध्यापक बुद्ध बहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालक शिक्षक छत्र बहादुर ओलीले गर्नुभएको थियो ।

नेरामावि कोप्चीको तीन कोठे पक्की भवनको उद्घाटन

सम्पादकीय : गौशाला निर्माण अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *