सम्पादकीय : गौशाला निर्माण अभियान

वीरेन्द्रनगरमा पछिल्लो समय देखिएको एउटा समस्या भनेको चौयायाको व्यवस्थापन हो । बजार र सडकमा छाडिएका चौपायाको व्यवस्थापन अनिवार्य छ । तर यो समस्या समाधानका लागि चासो कम दिइएको छ । प्रदेश राजधानी नभएकाले पनि वीरेन्द्रनगरको सुन्दरतामा छाडा चौपायाको व्यवस्थापन नहुनु चुनौती नै बनेको छ । छाडा चौपायाका कारण एकातिर सहरी सुन्दरतामा आँच आएको छ भने अर्कोतर्फ सडकमा दुर्घटना पनि बढेको छ ।

त्यतिमात्र होइन, स्थानीयले दुख गरेर लगाएको बाली र तरकारी पनि छाडा चौपायाका कारण नोक्सान हुने गरेको छ । यही समस्याका कारण वीरेन्द्रनगरमा ठूलो समस्या पैदा भएको छ । यद्यपि यसमा नगरपालिका र अन्य सरकारी निकायबाट चासो कमैमात्र दिइएको पाइन्छ । विगतमा छाडा चौपायालाई वीरेन्द्रनगरबाट भेरी नदी कटाउने गरिएको थियो । तर बर्सेनि सडकमा आउने चौपायाको संख्यामा कमी आउन सकेन ।

यहीकारण पनि नगरपालिकाले निर्माण गरेको कान्जिहाउस नै प्रयोगमा आउन सकेन । यसको मूख्य कारण भनेकै नगरपालिकाले चौपायाको व्यवस्थापन गर्न सकेन । छाडा चौपायाको व्यवस्थापनमा आवश्यक नीति बनाउन नसक्नु र कार्यक्रम ल्याउन नसक्नु सरकारी कमजोरी हो । अर्कोतर्फ नागरिकको पनि कमजोरी छ । दुध दिनेबेलासम्म र जोत्न सक्ने बेलासम्म मात्र गाई तथा गोरु पाल्ने र अरु समयमा छाडा छोड्ने गरिएको छ ।

यसले पनि सडक र बजारमा चौपायाहरु बढेका हुन् । यसका लागि नगरपालिकाले छाडा चौपाया छाड्नेलाई कारबाही गर्ने नीति तयार गर्न सक्थ्यो । अर्कोतर्फ छाडा चौपायाको व्यवस्थापनका लागि अन्य उपायहरुको पनि खोजी गर्न सकिन्थ्यो । तर त्यो भएन । बरु पछिल्लो समय नागरिकहरु हैरान बनेपछि नीजि क्षेत्रबाट यसको समाधानका लागि पहल थालिएको छ । जुन सकारात्मक कदम हो ।

नीजि क्षेत्रको सक्रियतामा वीरेन्द्रनगरका छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला संचालन गर्ने योजना आएको छ । यो योजनामा छाडा चौपायालाई व्यवस्थापन गर्ने भनिएको छ । वीरेन्द्रनगरका लागि समस्या भनेको छाडा चौपायको व्यवस्थापन गर्न यो योजना उपयुक्त हुनसक्छ । समाजमा हुने र देखिने सबै समस्याहरुको समाधान राज्यले मात्र गर्न सम्भव पनि छैन ।

त्यसकारण पनि नागरिक तहबाट पनि समाधानको प्रयास हुनु पर्दछ । यही दायीत्व अन्तर्गत वीरेन्द्रनगरको भेरी नदीको पुल आसपासको क्षेत्रमा गौशाला निर्माण गर्ने प्रस्ताव गरिएको छ । यो नै छाडा चौपायाको दिर्घकालीन व्यवस्थापनको उपाय हुनसक्छ । तसर्थ गौशाला निर्माण भएमा छाडा चौपायाको हेरचाह हुनेछ । अर्कोतर्फ नगरमा बढेको सवारी दुर्घटनामा पनि कमी आउनेछ ।

त्यसकारण अब गौशाला निर्माणमा लागि जग्गाको खोजी भएको छ । उक्त जग्गा व्यवस्थापनका लागि नगरपालिकाले वन कार्यालयसँग जग्गा माग पनि गरेको छ । यो समस्या समाधानका लागि वनले जग्गा उपभोगका लागि अनुमति दिन आनाकानी गर्नु हुँदैन । यो योजना सफल भएमा वीरेन्द्रनगरमा रहेको बर्षौंदेखिको छाडा चौपायाको समस्या समाधान हुनेछ ।

सम्पादकीय : गौशाला निर्माण अभियान

नेरामावि कोप्चीको तीन कोठे पक्की भवनको उद्घाटन

सम्पादकीय : गौशाला निर्माण अभियान

पहिलो भेटमै मन परयो

Leave a comment

Your email address will not be published. Required fields are marked *