सल्यानमा वलिको संयोजनमा निर्वाचन युवा परिचालन हुने

दुर्गा वि.सी
कार्तिक,३ सल्यान ।

नेकपा एकीकृत समाजवादी पार्टीको युवा भातृसंगठन नेपाल सल्यानको चुनावी रणनीतिक बैठक सम्पन्न भएको छ ।गठवन्धनका साझा उम्मेदवारलाई विजय वनाउन केन्द्रीत भएर लाग्ने युवा संघले प्रतिवद्धता जनाएको छ ।

युवा संघ नेपालका अध्यक्ष न्युटन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपमहासचिव तथा गठवन्धनको तर्फवाट संघिय प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश ज्वाला सहितका नेताहरू द्वारा गठवन्धनका उम्मेदवार जिताउन लाग्न निर्देशन गरिएको छ ।

जिल्ला इन्चार्ज ओमकार वलीको संयोजकत्वमा निर्वाचनमा परिचालित हुने निर्णय ।युवा संघको बैठकमा प्रमुख प्रशिक्षणका बक्ताहरु ( केन्द्रीय उपमहासचिब साथै सयुक्त गठबन्धन तर्फ बाट सङ्घिय उम्मेद्वार ज्वाला, केन्द्रीय कमिटि सदस्य लोकवहादुर डाँगी,जिल्ला कमिटि अध्यक्ष हरि केसि,जिल्ला कमिटी सचिब रमेशकुमार गौतम, ओमकार वलि(युवा संघ जिल्ला कमिटि इन्चार्ज ओमकार वलि,युवा संघ जिल्ला कमिटि अध्यक्ष न्युटन श्रेष्ठ,युवा संघ प्रदेश उपाध्यक्ष रेशम भण्डारी लगाएतका वक्ताहरूले सम्वोधन गरेका थिए ।

आश्वन मंसिर ४ गते हुन गइरहेको प्रदेश र सङ्घिय चुनाबमा हाम्रो सयुक्त बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारहरुलाइ अत्याधिक बहुमतका साथ बिजय बनाउनाको लागि आ– आफ्नो क्षेत्र, स्थान, वा पालिकाबाट शान्त र सौहार्दपुर्ण तवरबाट रचनात्मक रुपमा सघाउन अठोट व्यक्त गरिएको छ ।साथै यहि अनुसार जिल्ला व्यापि युवा संघको सबै तप्काका जुट्न समेत अपिल गरिएको छ ।

सल्यानमा वलिको संयोजनमा निर्वाचन युवा परिचालन हुने

YUGAAWHAN NATIONAL DAILY (2079-07-03)

सल्यानमा वलिको संयोजनमा निर्वाचन युवा परिचालन हुने

YUGAAWHAN NATIONAL DAILY (2079-07-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!