अव पार्टीहरु एकीकरण र ध्रुविकरण गर्ने हो कि ?


पृथ्वी बहादुर सिंह
राज्य र समाजको उत्पत्ती हँुदा जो जान्ने उहि पण्डित जो जनरक्षक उहि राजा हुन्थ्ये । मानिसमा जालझेलको विकास भएको थिएन । समाजमा हत्या, हिंसा नहोस भनि विदुषी मानिसहरुको भोगाईले प्राप्त ज्ञानलाई जीवन उपयोगी बनाएर उनीहरुका शालिक तस्विर निर्माण गरी पुजा पाठ गर्न थालेर अगाडी बढदै जाँदा धर्म, संस्कार, संस्कृती, उत्पादन हुन गएका हुन ।
ती महामानवले निर्माण गरेको जगमा धर्मको नाममा संगठन गर्दै एउटा ट्रिपले अर्को ट्रिप कपिला राज्यमा हमला गर्ने सम्पत्ती लुटेर खाने प्रवृत्ती विकास संसारभर हँुदै गयो । तापनि राज्य व्यवस्था चलाउने विभिन्न जनमत विधिबाट शासन गर्ने राजा बनाउने गर्दै आईरहेका थिए ।
लिङ्गिए भेदभाव पनि धेरै थिएन । हिन्दुहरुमा कति प्रतापि महिला भगवती, काली, महाकाली, सरस्वती पराक्रम गर्ने विदुशी अहिलेसम्म हाम्रो समाजले पुज्दै आएको छ । त्यहि युगलाई हिन्दु ग्रन्थहरुले धार्मिक युग भनेका हुन । त्यो युगबाट मानिसको जनसंख्या बढ्दै जाँदा खान, लाउनको लागी ट्रिपहरु अलग हुँदै जाँदा राजा, प्रोहित मिलेर जात, जाती कल्पना गरेर मनुले मनु स्मृती रचना गरे ।
विभिन्न विधिबाट जनताले राजा बनाउने विधिलाई अन्त्य गरी स्थायी राजा, स्थायी पुरोहित जातीय परिवारवादमा कार्य विभाजन मातृ सत्तालाई वलपूर्वक अन्त्य गरेर पितृसत्ता वलको दस्ता सम्म प्रयोग गरेर निरंन्कुश सामान्ती राज्य व्यवस्थापन लामो समयसम्म संसारभर अनेकौ साना ठुला जनसंख्या भएका देश सञ्चालन हुन पुगेका थिए ।
ति राजा, पुरोहितले अनेकौं जातिय, लिङ्गिय कडा कानून निर्माण गरी एउटा राजाले सयौं, हजारौं रानी राखेको बचनबाट मृत्यु दण्ड दिएको इतिहाँस पाउँछौ । हाम्रै शाह, राणा, कविला राजाहरुले गरेका ज्याजती हाम्रो ईतिहाँस र समाजमा लोकसाहित्य अनेकौं उखान टुक्का पाईन्छन ।
तीनै पुरोहितहरुले बनाएका राजाहरुले युरोप अमेरिकामा निरंन्कुसता लादेर धर्मगुरु समेतलाई अनेकौं पिडा दिएपछि तीनै धार्मिक संगठनहरु राजतन्त्र विरुन्द्ध आन्दोलन गरी अन्त्य गरेको पाईन्छ । राजाहरु मृत्युमा रानीहरुलाई जबरजस्ती सतीजाने भनि कविला राज्यदेखी एकिकृत राज्य नेपाल स्थापना हँुदा श्री ३ चन्द्र समसेर राणाको शासन कालमा सतिप्रथा अन्त्य गरिएको छ ।
यसरी निरंकुश राजतन्त्र उदय भएपछि त्यसको विरोध सबैभन्दा पहिला प्रजातन्त्र ल्याउन ई.स.१७७९ बेलायत त्यसपछि फ्रान्स जनक्रान्ती भएर राजा राजपरिवार विधिवत गिलेटिनमा हाली फासी दिईएको थियो । बेलायत प्रजातन्त्रको नाममा संसद पुगेका बिचमा उहि सामान्ती संस्कार बोकेका निर्वाचनबाट पुगेर संसदमा काटमार हुन पुग्दा एउटा नबोल्ने संसदिय राजतन्त्र जनकरको ढुकढुकी हात नहाल्ने संसद अनुमोदनले स्थान दिएको खाने राजतन्त्र पुनःस्थापना गर्न पुगे फ्रान्समा भने कहिले पनि राजतन्त्र फर्काएनन ।
त्यहि संस्थालाई साँक्षी राखी वेलायती वहुदलीय पुँजीपति मेसिनले बस्तु उत्पादन आधुनिक हतियार निर्माण गरी विश्व साम्राज्य खडा गर्यो । सामान्त र पुँजिपती मिलनबाट पँुजीबाद नयाँ रुपलिएर किसान र मजदुरको श्रम, शोषण गरी पँुजिपती दिनप्रति दिन धनि हँुदै गए भने कृषक, मजदुरको हाडछाला, श्रम शोषण गरी सर्वहारा बन्न पुगे । धार्मिक गुरु भक्त समेतलाई मिलाए । यो पुर्व जन्मको फल कर्म फलले हो भनि मनु स्मृती बचत हरेक धर्म भित्र प्रतिवादन गरेका थिए ।
त्यहि समयमा जर्मनिमा कार्लमाक्सले के साँचै इश्वरको कर्मले धनि, गरिव हुन गएका हुन कि यसमा राज्यको सुरक्षा, श्रम शोषण गरेको हो भनि जीवनमा सबै प्रकारका धर्मका पुस्तक र राज्य व्यवस्थापन निति संविधान अध्ययन गरेर धर्मले पुँजिपती निरंकुश राजतन्त्र, प्रजातन्त्रले गर्ने कृषक, मजदुर माथीका शोषणका एक–एक रुप उजागर गरेर पँुजिका १, २, ३ भाग लेखी विश्व कनिष्ट संगठन किसान मजदुरको शासन ल्याउनु पर्ने बताउन पुगे त्यही समयमा विश्व साम्राज्यवादीहरु विचमा संसारका विभिन्न मुलुकहरुमा आफ्नो साम्राज्य खडा गरी अनेकौ प्रकारले लुटने प्रतिस्पर्धाले प्रथम र दोस्रो विश्वयुद्द हुन पुग्यो ।
त्यस युद्धमा करिव १० करोड मानिसको मृत्यु हुन पुग्यो । त्यहि समय माक्सवाद दर्शन आधार सोभित संघमा कम्युनिष्ट पार्टी गठन भई लेनिन गरी सत्र जनक्रान्ती गरेर निरंकुश राजतन्त्र जार शाहीको अन्त्य गरी दिए । पहिले कम्युनिष्ट समाजवादी राज्य स्थापना गरी त्यसको प्रभावले करिव विश्वको आधा चौंथाई भू–भागका देशहरु गणतान्त्रिक कम्यूनिष्ट राज्य स्थापना जनक्रान्ती गरेर कहि वलिनको पार्खाल केहि कोरिया दुई समाजवादी र पुँजीवाद राष्ट्र बन्न पुगे ।
यसरी समाजवाद पुँजीवाद संसार दुई ध्रुवमा शासन पद्धतिमा प्रतिस्पर्धा गर्न अगाडी बढे । संसारमा पँुजिवाद विकास, पुँजीवाद प्रजातन्त्र स्थापना भएको २०० सय बर्षपछि नेपालमा बहुदलीय प्रजातान्त्रिक पार्टी विधिवत संगठन हुन गयो । १०० बर्षपछि समाजवादी पार्टी पुस्पलालले गठन गरे । २००७ सालमा संयुक्त रुपमा बहुदलीय प्रजातन्त्र संसदीय राजतन्त्र निरंकुश जहानिय श्री ३ राणा २००७ सालमा संयुक्त रुपमा अन्त्य गरे ।
नेकापा पार्टी जनक्रान्ति गरेर सत्तामा आउने तरखर देखेपछी दलाल सामान्तहरुको ठुलो जत्था पार्टीका नेतृत्वलाई अनेकांै लोलोपोतो लगाएर पार्टी नेतृत्वसम्म पुग्यो । जन अनुमोदित संविधान दिने घोषणा गर्ने राजा त्रिभूवन स्वर्ग भै महेन्द्र राजा बनि र ८ वर्षसम्म संसद निर्वाचन जननिर्वाचित सरकार नबनाई पटक पटक फाट्ट फुट्ट व्यक्तिलाई व्यक्ति प्रम मन्त्री मण्डल अन्तरिम काल बढाई २०१५ सालमा दरवारिया संविधान राजा महेन्द्रले अधिकार केन्द्र बिन्दु आफैमा राखी संविधान दिँदा दरवारीया काँग्रेस बहुमतले समर्थन गर्यो ।
२०१६ सालको संसद निर्वाचनमा नेपाली काँग्रेस भाग लिएर दुई तिहाई बहुमत ल्यायो । नेपाली काँग्रेस नेता विषेश्वर कोईरालाको नेतृत्वमा वहुमत सरकार बन्यो । २०१७ पौष १ गते दरवारिया बहुमतले लामो समय प्रजातान्त्रिक गणतान्त्रिक पार्टीहरु शासन चलाएपछी निरंकुश सामन्ती व्यवस्थापन भत्किन्छ भनि आफैले दिएको संविधान धारा ५५ प्रयोग गरी प्र.म.वि.पि. कोईराला समेतका दक्षिण पन्थी र वाम पन्थी नेतृत्वहरुलाई ८ वर्ष जेल हालेर निर्दलीय पञ्चायत नामको निरंन्कुश व्यवस्था ३० वर्ष नेपालमा चलाए ।
राजा दुबै पन्थीलाई प्रतिबन्ध गरेपनि संयुक्त जनआन्दोलन गरौं, निरंकुश पञ्चायती राजतन्त्र ढल्ने प्रस्ताव पुष्पलालले गर्दा वि.पि. बाँचुञ्जेल मानेनन् । २०४६ सालमा गणेशमान सिंह श्रेष्ठलाई सर्वमान्य नेता बनाउँदा बल्ल संयुक्त जनआन्दोलन हँुदा पञ्चायत ढल्यो र बहुदलीय प्रजातन्त्र आएको थियो । तत्काल अहिलेको माओवादीका विभिन्न घटक नेताहरुको संगठन जनमोर्चा नामबाट २०५२ सालबाट सशस्त्र युद्धको घोषणा गर्यो । देशमा समाजवादी बेवस्था ल्याउने उद्घोष गर्यो ।
देश युद्धमय भएर अरबौको विकास निर्माण लथालिङग भए हजारौले ज्यान गुमाए यही विचमा २०५९ जेठ १९ गते नारायणहिटी दरवारमा राजा विरेन्द्रको सपरिवार नातासमेत गरेर १० जनाको हत्या भयो ।
त्यो हत्यापछी विधिवत राजाहुन आएका ज्ञानेन्द्रले अहिलेको प्र.म. शेर बहादुर देउवालाई खारेज गरेर निरंकुशता लादी प्र.म. नियुक्त गरेर एउटै शाही सेनाको बन्दुकले माओवादी र संसदवादी आम्ने साम्ने भई लडेका प्रजातन्त्र गुम्ने गणतन्त्र सपना बोकेका माओवादीलाई संसारमा सोभियत संघ, रुस, चीनसमेत पुँजिवादतिर उन्मुख भैसकेकोले कहिबाट पनि सहयोग नपाउने नेपाली काँग्रेस प्रवेश गरेको दरवारिया काँग्र्रेस पनि निरंकुस राजतन्त्र पक्षमा जान्छकी भनि विगत घटनाबाट त्रसित भएर हतारपतर संसदवादी र माओवादीले भारतलाई साँक्षी राखेर १२ बुँदे दिल्ली शान्ती सम्झौता गरी संयुक्त जनआन्दोलन २ गर्न पुगेका हुन ।
राजा ज्ञानेन्द्रलाई विश्वका कुनै पनि मुलुकले निरंन्कुस तन्त्र समर्थन नदिँदा विघटन गरेको संसद आफै स्थापना गर्न पुगेका थिए । २०६४ संसदिय निर्वाचनपछि वनेको संसदले २५० वर्ष सम्म नेपाली जनतामा अमनचैन गरेको राजतन्त्र अन्त्य गरी बहुदलीय संसदिय लोकतान्त्रीक गणतन्त्र घोषणा गरेको हो । तत्काल दरवार हत्या काण्डको आलो घाउ नभएको भए राजा ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय समर्थन पाएको भए शाही सेनाको बन्दुक लगाएर पनि निरंकुश सामन्ती राज्य बेवस्था कायम गर्ने थिए ।
करिव ८ दशक बहुदलिय प्रजातान्त्रिक लडाई र १० वर्षे शासन जनयुद्दबाट गाउँ शहरदेखि प्रदेश केन्द्रसम्म उनी मुखिया जिमुवाल जिमिदार विर्तावाल प्रोहित परिवारको नेतृत्व र कर्मचारी तन्त्रमा कब्जा छ । निरंकुश सामान्ती ब्यबस्थाको नेतृत्व गर्ने राजतन्त्र हटेपनि सामान्ती संस्कार राज चलाउन यि दुई तप्का हटेको छैन । कर्मचारी तन्त्रमा नेतृत्वलाई जसरी खुसी बनाएर सत्ता, भत्ता, लत्ता नियुक्ति प्रमोशन खाने चाकरी तन्त्र यथावत छ ।
अन्य पार्टीहरुमा पार्टी फुटाउने क्रम घट्दो छ कम्यूनिष्ट पार्टीहरु हेर्ने हो भने आफ्नो व्यक्तिगत स्वार्थ पुगेन भने पार्टी फुटाउने सानो ठुलो समूह अल्पमत र बहुमतको नेता बन्ने रोगले ग्रस्त छन् माओवादी त अहिले हाम्रो तिर भाग लगाएका थानमा जस्ता बिभाजित छन् । किसान मजदुर शासन ल्याउने, स्वास्थ्य, शिक्षा रोजगारी पक्का नारा दिने कम्यूनिष्ट नेताले शिक्षा, स्वास्थ्य, कम्पनीहरुमा शेर हालेर अकुत सम्पत्ती आर्जन गरी रहेका छन् ।
बहुदलीय प्रजातन्त्र ३३ वर्ष मा आफ्नो नाता पर्ने नेताको मनोनयन निर्वाचनमा बिजयी बनाए हुक्के, चिलमे दलाललाई जागिरे ठेगेदार बनाएर सम्पत्ती आर्जन गराएका छन् । ७७ बर्षे स्वभियत रुसमा कम्यूनिष्ट पार्टीको सत्ता ढलेपछी नेपालको कम्यूनिष्ट पार्टी एमाले वहुदलीय जनवाद रणनीति अख्तियार गर्यो ।
१० वर्षे सशस्त्र द्धन्द्ध सफल नभएपछि माओवादीले एक्काईसांै सताब्दीको जनवाद कार्यनीति ल्याएर संसद उपयोग गर्ने सिलशिलामा एमाले–माओवादी दुवै अध्यक्षले पार्टी एकीकरण गरे २०६ सालबाट जनताले बहुमत दिए कम्यूनिष्ट सत्ता ल्याएर शिक्षा, स्वास्थ्य, रोजगारी स्वदेशमा दिएर वर्ग विहिन समाज बनाउँछांै भन्ने नारा सफल बनाउँन २०७५ को संसदीय निर्वाचनमा २ तिहाई मत दिएर शासन चलाउ भने ।
सत्ता प्राप्त गर्ने बित्तिकै नेकपा भित्र कुकुरको हार लुछाईको लडाई भित्र गर्दै दुई, तिहाईको सरकार ढालेर मध्यावधी घोषणा गर्दै पार्टी विभाजन गरी गाली गलोजमा उत्रिए । संसदमा अल्पमतमा रहेको नेपाली काँग्रेस नेतृत्व गर्ने आर्जुको निर्देशनमा चल्ने परमादेशबाट सरकार चल्न पुग्यो । त्यही सरकारमा बहुदलीय जनवाद, एक्काईसौं सताब्दीको जनवादको नारा दिने सरकारमा सामेल भए । शसस्त्र युद्ध गर्छु भन्ने विप्लव अल्पमत र बहुमत समूह गठन गर्न दगुरेका छन् ।
अब यी भोका प्यासाहरुको हालत र विवेकदेखी सकियो सबै कम्यूनिष्ट पार्टीका नेता, कार्यकर्ताले संघीय लोकतान्त्रिक गणतन्त्र मिश्रित आर्थिक प्रणाली र शक्ति पृथकिकरण व्यवस्था संसारमा उत्तम मानिन्छ । यसलाई दिगो बनाउने हो भने संविधानमा भएका कमी कमजोरीहरु हटाउने नयाँ थप्दै अन्तर्राष्ट्रिय सम्बन्ध निस्पक्ष राख्ने हो भने कम्यूनिष्ट होईन (लेवर पार्टी एउटा बनाउने हो कि ?) ।
अन्य पुँजिवादी, यथास्थितिवादी पार्टीहरुको एकिकरण गरेर कञ्जरभेटिभ पार्टी बनाउने हो कि ? भारतिय प्रम नरेन्द्र मोदी शान्तीका पुजारी गौतम बुद्धको २५६६ जन्म जयन्तीमा लुम्वीनी आएर माता मायादेवी मन्दिरमा पुँजा गर्दा हाम्रो प्रमले सुतेर र्याल चुहाएर जाज पारे । अब यस्ता सुत्ने दल फुटाएर गुटको मुखीया भएर खाने सामन्ती संस्कार कोकेका गणतन्त्र, पुँजीवादी चरित्र समेत नभएका, आफ्नो सत्ता स्वार्थ आउने भए देशलाई पराधिन बनाउने शर्तमा सामेल हुने अबको युवा पिढिले पार्टी एकीकरण र ध्रुबिकरण तिर लाग्ने हो कि ?






