उम्मेदवारी स्वघोषणा गर्ने शिक्षकलाई कारवाहीको माग

मोहन सिंह
जाजरकोट, ६ चैत्र ।
शिक्षक पदमा कार्यरत रहँदा रहँदै शैक्षिक वातावरण पठन पाठनमा असर पुग्ने गरी खुलेआम स्थानीय तहको उम्मेदवारी घोषणा गर्न थालेपछि कारवाहीको माग गरिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी जाजरकोटले विद्यार्थीको भविष्यमाथी खेलबाड गर्दै गैरजिम्मेवार तरिकारले आफुखुशी आगामी निर्वाचनको उम्मेदवार स्वघोषाणा गर्नु गलत भएको निश्कर्ष निकाल्दै त्यस्ता शिक्षकलाई कारवाहीको माग गरिएको हो ।

अनेरास्ववियु जाजरकोटको शनिबार दोस्रो बैठकले शिक्षकको उम्मेदवारी स्वघोषणाका विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई र सम्बन्धित पालिका, शिक्षा शाखाहरुमा ध्यानाकर्षण पत्र पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा अबेरास्वबियु जाजरकोटले जिल्ला भित्र सञ्चालनमा आएका अबैधानिक निजि बिद्यालय तत्काल कार्बाहि गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने भएको छ ।

साथै बिद्यालयमा कार्यरत धेरै जसो शिक्षकले बिभिन्न पार्टीको नाममा उम्मेदवार घोषणा गर्ने लगायतका शेैक्षिक गतिविधिमा लापरबाही गरेर बिद्यार्थीको भबिष्यमा खेलबाड गरेको कारण उक्त गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशाासन, शिक्षा समन्वय प्रमुख जिल्ला अधिकारी तथा समन्वय इकाइलाई ध्यानाकर्षण गराइ स्थानीय निकायलाई ज्ञाापन पत्र बुझाउनेसमेत निर्णय गरेको छ ।

बैठकमा प्रमुख अतिथि घर्तीले मन्तब्य राख्दै विद्यार्थी समुदायको हकहित, अधिकार प्राप्त गर्ने तथा विद्यार्थीहरुको वौद्धिक, शारीरिक, नैतिक एवं आत्मविश्वासको उत्थान र विकासका लागि क्रियाशील हुने बताउनुभयो ।

संसारको जुनसुकै ठाउँमा भएका साम्राज्यवाद, विस्तारवाद, हैकमवाद, र शस्त्रीकरण विरोधी आन्दोलनको समर्थन गर्ने र विश्व शान्तिको पक्षमा जोड दिने बिद्यार्थीको ठुलो भूुमिका रहने बैठकका प्रमुख अतिथि घर्तीले जानकारी दिनुभएको थियो ।

हाम्रो देशको विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक, जनवादी र र्सवसुलभ शिक्षा प्राप्त गर्न तथा सबैले निशुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउने, नेपाल र भारत वीच भएका सम्पूर्ण अपमानजनक र असमान संन्धि सम्झौताहरु खारेज गर्न विद्यार्थी संगठनको भूमिका सशक्त बनाउने विषयमा छलफल भएको थियो ।

अनेकौ ठाउँमा भएको सीमा अतिक्रमणको विरोध गरी राष्ट्रिय स्वाधिनता र सामाजिक मुक्तिको आन्दोलनलाई अघि बढाउने, देशीय सामन्तवाद दलाल नोकरशाही पूँजीवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनमा साथ दिनुकासाथै नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको पक्षमा विद्यार्थी समुदायको तर्फबाट जनमत सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो ।

अनेरास्वबियु जाजरकोटले गरेको यस दोस्रो बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा स इन्चार्ज चन्द्र प्रकाश घर्ती (सिपि घर्ती) को प्रमुख अतिथि र अनेरास्ववियु जाजरकोटका अध्यक्ष बिबश भारतीको अध्यक्षता, अनेरास्वबियु केन्द्रीय कमिटी सदस्य दिनेश गौतमको विशेष उपस्थितमा बैठक सम्पन्न भएको हो ।

उम्मेदवारी स्वघोषणा गर्ने शिक्षकलाई कारवाहीको माग

मोटरसाइकलमा सवार किशोरीको मृत्यु, दुई जना घाइते

उम्मेदवारी स्वघोषणा गर्ने शिक्षकलाई कारवाहीको माग

YUGAAWHAN NATIONAL DAILY (2078-12-03)

Leave a comment

Your email address will not be published. Required fields are marked *