पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य तीन/तीन रुपियाँ बढ्यो

काठमाडौं, ८ फागुन ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
आइतबारबाट काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखिएको छ ।
यसअघि निगमले माघ १८ गते मूल्य बढाएको थियो। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार नेपालमा मूल्य वृद्धि भएको निगमले जनाएको छ । यसरी मूल्य बढाउँदा निगमको घाटा १५ दिनमा करिब दुई अर्ब ४१ करोड रहेको बताइएको छ ।






