फुटसल प्रतियोगिताको शनिबार ९ वटा खेल

सुर्खेत, ८ फागुन ।
इन्टरनेसनल कोअपरेटिभ एकेडेमी वीरेन्द्रनगर –४, सुर्खेतद्वारा आयोजित फुटसल प्रतियोगिताको दोस्रो दिन शनिबार ९ वटा खेल भएका छन् । जिल्ला फुटबल संघको समन्वयमा तेस्रो संस्करणको अन्तर विद्यालय तथा शैक्षिक संस्था स्तरीय सत्र वर्षमुनिका खेलाडीहरुका लागि फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
पहिलो खेलमा अमरज्योति मावि नेवारे र वीवाइसीको बीच भएको खेलमा नेवारे ४ गोल वीवीवाइसी ३ गोल मात्र भएकोले नेवारे विजयी भएको छ । दोस्रो खेल शान्तिनगर क्लव र नेरामावि बीचमा भएको खेलमा शान्तिनगरले ६ गोल गरी विजयी भएको छ ।
सोही खेलमा नेरामाविले १ गोल मात्र गर्न सकेको छ । तेस्रो खेल ब्ल्याकसिटी र नवज्योति स्कुलका बीच भएको खेलमा नवज्योतिले २ गोल गरी विजयी भएको छ । व्ल्याकसिटीले १ गोल मात्र गर्न सफल भएको छ । चौंथो खेलमा वीवीएससी र जननमुना बीच भएको खेलमा जननमुना ३ गोल गरी विजयी भएको छ ।
वीवीएससीले गोल गर्न सकेको छैन । पाँचौँ खेलमा होराइजन एकेडेमी र चेतना निकेतन बीच भएको खेलमा चेतना निकेतनले १ गोल गरी विजयी भएको छ । छैँटौँ खेल भैरव मावि र नेरामावि ए का बीचमा भएको खेलमा भैरव माविले ५ गोल गरी विजयी भएको छ ।
नेरामाविले गोल गर्न सकेको छैन । सातौँ खेलमा अमरज्याति नेवारे वी र सुप्रिम एकेडेमी बीच भएको खेलमा सुप्रिमले ३ गोल गरी विजयी भएको छ भने नेवारेले गोल गर्न सकेको छैन । आठौँ खेलमा इगरब्रिज स्कुल र एबिसि क्लबवीच भएको खेलमा एबिसि क्लबले ४ गोल गरी विजयी भएको छ ।
इगरब्रिजले १ गोल गर्न सकेको छ ।शनिबार भएको नवौँ खेलमा कर्णाली स्कुल विविएससी बी बीच भएको खेलमा कर्णालीले ५ गोल गरी विजयी भएको छ भने वीबीएससीले गोल गर्न सकेन । भोलि पहिलो चरणको एउटा खेल भएर दोस्रो चरणको खेल हुनेछ ।






