सिम्ता उज्यालो कार्यक्रम : डाँडाखाली र खानीखोलामा बत्ती पुग्यो

दुर्गा विसि
सिम्ता, ८ फागुन ।
सुर्खेतको उत्तरीपुर्वी सिम्ता गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा सिम्ता उज्यालो कार्यक्रमले तिव्राता लिन सुरु गरेको छ । चुनावी दौडानमा घरघरमा विद्युतिकरण गर्ने भनेर वाचा गरेका अध्यक्ष कविन्द्र कुमार केसी आसन्न स्थानीय चुनाव नजिकै गर्दा अल्झिएका विकास निर्माण कार्यलाई तिव्रता दिन सुरु गरेका छ ।
सिम्ताको वडा ८ डाँडाखाली र ९ को खानिखोलाको १२ सय १३ घरधुरीमा बत्ती पुगेको छ । सोहि वस्तिका निम्ति शनिबार ट्रान्सर्फमर चार्ज गरिएको छ । ३ लक्ष्य मध्येको एक महत्वपूर्ण लक्ष्य सिम्ता उज्यालो कार्यक्रम हो ।
सिम्ता उज्यालो कार्यक्रमले स्थानीय चुनाव अगावै पूरा हुने जनाएको छ । तर सबै वस्तिमा बत्ती पुरयाउनका लागि राकम सब–स्टेसनमा पावर क्षमता बढाउनुपर्ने देखिन्छ । हालको पावर हाउसको क्षमताले सिम्ताको ५ हजार ५ सय ९५ घरधुरीमा बत्ती बाल्न गाह्रो हुने राकम युनिट विद्युत कार्यालय प्रमुख लोकेन्द्रमान शाक्यको भनाई रहेको छ ।
समाजिक सञ्जालमा जति कुरा र आलोचना गरे पनि कामले छिट्टै पुर्णता पाउने अध्यक्ष केसीको भनाइ रहेको छ । विरोध गर्नु पनि लोकतान्त्रिक परिपाटी हो यसलाई मैले सकारात्मक रुपमा लिएको अध्यक्ष केसीले वताए ।
‘ठेकेदारले केही ढिलाइ गरे पनि यसमा जिम्मेवार मेरो पनि छ यसलाई जतिसक्दो चाँडै सम्पन्नता गर्ने कुरामा पहल थालिरहेको छु ।’ तर सिम्ता सरकारको यो महत्वकांक्षी लक्ष्यले विस्तारै सार्थकता पाउन लागेको बताएको छ ।
सुरुमा लाइन विस्तारमा केहि अवरुद्ध सिर्जना गरियो । सामुदायिक जंगलबाट पोल गाड्न नदिएर अवरुद्ध खडा गरियो, यसरी पनि केही क्षेत्रमा वत्ति पु¥याउन समयमै सकिएन । सिम्ता गा.पा.का ९ वटा वडा मध्ये ५ वटा वडाका केही टोल र वस्ती बाहेक सबैमा उज्यालो पुगेको छ ।
अब बाँकि रहेका ४ वटा वडामा पनि सिम्ता गाउँपालिकाले छिट्टै बत्ति बाल्ने जनाएको छ । सिम्ता उज्यालो कार्यक्रमको एक निकै महत्वपूर्ण लक्ष्य पूरा भएरै छाड्ने जनाएको छ । सिम्ताली जनताको यो महत्वपूर्ण सपना पूरा गरिदिने अध्यक्ष केसीको अठोट समेत रहेको छ ।
मुख्यलाइन बिस्तार गाउँपालिका, ग्रामीण बिधुतिकरण बिभाग र संघीय कोषको संयुक्त साझेदारीमा सञ्चालित ११ हजार भोल्टको बिद्युत बिस्तार अन्तर्गत शनिबार सिम्ता ९ खानिखोला खान्मा स्थित (ट्रान्सर्फमरमा) मेनलाइन बिस्तार गरि सफल रुपमा बत्ती सुचारु भएको छ । अब यहि महिना भित्र यस वडाका शाखा लाइन बिस्तार गरि सबै घरमा बत्ती पुरयाउने निर्माणको जिम्मा पाएको कम्पनिले जनाएको छ ।






