चिकित्सक भन्छन्–‘जथाभावी हातखुट्टा मर्काउँदा आजीवन प्यारालाइसिस हुनसक्छ

मंसिर,३ काठमाडौँ ।

कैलालीका ६३ वर्षीय देवानन्द बजगाईँलाई केही समयदेखि कम्मर दुख्ने समस्या थियो ।बूढो शरीर, कहिले दुख्ने कहिले आफैं दुखाइ कम हुने गर्थ्यो । गत शुक्रबार दुखाइका कारण घरमा एक्लै आराम गरिरहेका बेला छिमेकी भाइले ढाड मर्काएर दुखाइ ठीक पारिदिने बताए।

ती त्यक्तिले जोशीलाई घोप्टो पारेर ढाडमा घुँडाले टेकेर हातखुट्टा मर्काए । दुखाइ कम हुनुको सट्टा उनको घाँटीनिर असह्य पीडा भयो । उनको त्यस्तो अवस्था देखेपछि ती व्यक्ति भागे । तर दिउँसो घरका सदस्यले अस्पताल लगे । जाँचपड्ताल गर्दा उनको घाँटीको हड्डी फ्याक्चर भइसकेको रहेछ ।

अन्ततः नेपालगञ्जमा उपचार नहुने भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टर रेफर गरियो । जोशीका दाइ पदमराज बजगाईँ घटनाको बेलीविस्तार लगाउँदै भन्छन्–‘खोइ भाइले त्यो मान्छेमा कसरी भर प¥यो यस्तो अवस्था आइलाग्यो ।भलै हिँड्न नसकोस् तर आफ्नै हातले खान सकोस् भन्ने आश गरेको छु।’

मंगलबार ट्रमा सेन्टर ल्याइएका देवानन्दको बुधबार बिहान शल्यक्रिया गरिएको छ । हाल उनी आईसीयूमा उपचाररत छन् । होस खुले पनि हातखुट्टा चलाउन तथा आफैं दिसापिसाब गर्न सक्ने अवस्थामा छैनन् । घोप्टो पारेर खुट्टा तथा ढाड मर्काउने अभ्यासले आजीवन प्यारालाइसिस नै हुनसक्ने जोखिम रहेको बताउँछन् ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट तथा अर्थोपेडिक एन्ड स्पाइन सर्जन डा. रुद्र मरासिनी ।

बिरामीको शल्यक्रिया गरेका उनी भन्छन्–‘त्यसरी घाँटी र खुट्टा बटार्दा घाँटीको हड्डी भाँचिएर मेरुदण्डको नसा च्यापियो। उनको गर्दनको हड्डी भाँचिएको र मेरुदण्डको मुख्य नशा च्यापिएकाले शल्यक्रिया गरिएको छ तर हात खुट्टामा कत्तिको तागत आउँछ यत्तिकै भन्न सकिँदैन ।’

बिरामी होसमा आए पनि पहिलेको जस्तो सामान्य अवस्थामा आउन सक्ने छैनन् र आजीवन प्यारालाइसिस समेत हुन सक्ने डा. मरासिनीको भनाइ छ । डा. मरासिनीले कपाल काट्ने नाईको उदाहरण दिँदै भन्छन्–‘केही समयअघि करिब ४५ वर्षीय पुरुष नाईले कपाल काटिसकेपछि टाउको तथा गर्दन मर्काउँदा हड्डी भाँचिएको केश आएको थियो र शल्यक्रिया गर्नुपरÞ्यो ।

यस्तो केशहरु कुनै सामान्य तर कुनै एकदम गम्भीर हुनसक्छन्। सानो लापार्बाहीले पनि भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।त्यसैले यस्तो लापारबाही नगर्नुहोला।’

चिकित्सकहरुका अनुसार धेरैजसो ढाड तथा कम्मरको दुखाइ ‘बडी पोस्चर’ ले हुन्छ । सिधा नबस्ने, झुकेर बस्ने,कम्प्युटरमा धेरै काम गर्ने व्यक्ति, शारीरिक व्यायाम कम भएकालगायत धेरै कोठामा बसिराख्नेलाई भिटामिन डीको कमीले पनि ढाडको दुखाइ हुन सक्छ ।

डा. मरासिनीले ढाड तथा कम्मर दुखाइका केही समस्या भए जाँचपड्ताल गरेर विशेषज्ञ तथा दक्ष फिजियोथेरापिस्टबाट मात्र मसाज वा मालिस गराउनुपर्ने सुझाव दिन्छन्। भन्छन्–‘ एकपटक ढाडमा समस्या आएपछि त्यो निको हुन समय लाग्छ । ढाड मर्काएर निको पार्ने अभ्यास गलत हो ।

मेरुदण्डको हड्डी भाँचिएर मान्छे प्यारालाइसिससम्म हुनसक्छ । मानिसको जीवनसँग खेलवाड गर्नु हुँदैन ।कम्मरको नसा च्यापिने समस्या अलि गम्भीर हो । यसको दुखाइ हात तथा खुट्टामा पनि सर्छ । चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । अन्य अवस्थामा भने आफ्नो बसाइमा सुधार गर्ने, फिजियो थेरापी गर्ने र व्यायाम गर्नाले दुखाइ कम हुन्छ ।’

कान्तिपुर

चिकित्सक भन्छन्–‘जथाभावी हातखुट्टा मर्काउँदा आजीवन प्यारालाइसिस हुनसक्छ

भारतलाई बिजुली बेचेर साढे पाँच महिनामा १०

Leave a comment

Your email address will not be published. Required fields are marked *