कृषि मन्त्रालयको कार र मोटरसाईकल ठोक्किदा २ जना घाईते

दिलिप ढकाल
सुर्खेत, ३ भदौं ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको आँखा अस्पताल अगाडी चोकमा सरकारी गाडी र मोटर साइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । आँखा अस्पताल अगाडी चोकमा कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको कारले लु ७३ प २८८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

मोटर साइकलमा सवार भैरवी गाउँपालिका–३ दैलेखका २७ बर्षिय हरी थापा र एम पी कुमार थापा घाइते भएका छन् । उनीहरु दुवै जना भैरबी गाउँपालिका दैलेखमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको माया नर्सिङ होममा उपचार भइरहेको छ । थापाद्वयका टाउको र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने कार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहाल चढ्दै आएका थिए ।






