बाँफिकोटमा बालबालिकालाई खोप लगाईदै

प्रचण्ड खत्री
रुकुम पशिम, ३ भदौं ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका सम्पूर्ण बिद्यालयका बालबालिकाले खोप पाउने भएका छन् । बाँफिकोट गाउँपालिकाका १० वटै वडाका प्रत्येक बिद्यालयमा स्वास्थ्यकर्मीको टोली पुगेर खोप लगाउने कार्यतालिका रहेको बाँफिकोट गाउपालिकाका स्वास्थ्य सहसयोजक सुनिल केसीले जानकारी दिए ।

पाँच गत्तेदेखी ११ गत्ते भित्र सबै बिद्यार्थीलाई खोप लगाईसक्ने कार्यतालिका रहेको स्वास्थ्य सहसंयोजक केसीले बताए । ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकालाई फाईजर बायोएनटेक खोप लगाउने नेपाल सरकारको निर्णय अन्तरगत यस पालिकामा पनि लगाउने भएकाले खोप लगाउन सम्पूर्ण बालबालिकालाई अनुरोधसमेत केसीले गरेका छन् ।

बालबालिकाको यो पहिलो खोप भएकाले अनिबार्य लगाउनु पर्ने हुन्छ तर दोस्रो डोज २१ दिन पछी लगाउनु पर्ने हुन्छ । बाँफिकोट गाउँपालिकाका ३३ सय ९ जना बालबालिकाले खोप पाउने भएका हुन ।

बाँफिकोटमा बालबालिकालाई खोप लगाईदै

मैनतडा स्वास्थ्य चौकीको बार्षिक समिक्षा तथा सामाजिक

बाँफिकोटमा बालबालिकालाई खोप लगाईदै

कृषि मन्त्रालयको कार र मोटरसाईकल ठोक्किदा २

Leave a comment

Your email address will not be published. Required fields are marked *