मैनतडा स्वास्थ्य चौकीको बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण

दिलिप ढकाल
भेरीगंगा,३ भदौं ।
भेरीगंगा नगरपालिका वडा न. ८ मैनतडा स्वास्थ्य चौकीको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका मैनतडा स्वास्थ्य चौकीको आयोजनामा बिहिबार बार्षिक समिक्षा तथा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

२०७६ देखी २०७८ को असार मसान्तसम्म अर्थात तिन वर्षको अवधिमा मैनतडा स्वास्थ्य चौकीबाट प्रवाह गरेको सेवाको विषयमा सम्पूर्ण प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको मैनतडा स्वास्थ्य चौकीका प्रमुख जित बहादुर सुनारले जानकारी दिनुभयो ।

भेरीगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष पुसे कामीको अध्यक्षतामा सम्पन भएको बार्षिक समिक्षा तथा सामाजिक लेखापरिक्षण कार्यक्रममा नगर स्वास्थ्य शाखाबाट मोहन शर्मा, मैनतडा आयुर्वेद औषधालय जहरे शाखाका प्रमुख कबिराज छबिलाल खड्का, वडा नम्बर ८ का वडा सचिब लेखनाथ शर्मा एन्फो संस्थाका छबिलाल सुनार, सिएमसी संस्था छिन्चुका दुर्गा बि.सी. सु–आहारा बाट पवित्रा सुनार, मैनतडा स्वास्थ्य चौकीमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागीतामा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको स्वास्थ्य चौकीका प्रमुख सुनारले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेका वडा कमिटी डिल्लीराज रेग्मी, नेपाली काँग्रेसका वडा सभापति नर बहादुर विक, नेकपा माओवादीका वडा कमिटी अध्यक्ष दलबहादुर खड्का, समाजसेवी, बुद्दिजिबि, महिला स्वास्थ्य स्वयमसेविकाहरु लगायत ९० जनाको सहभागी रहेको थियो ।

मैनतडा स्वास्थ्य चौकीको बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण

YUGAAWHAN NATIONAL DAILY (2079-05-02)

मैनतडा स्वास्थ्य चौकीको बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण

बाँफिकोटमा बालबालिकालाई खोप लगाईदै

Leave a comment

Your email address will not be published. Required fields are marked *