सीमाको सिमा विहिन लगाब

सिमा चन्द/वीरेन्द्रनगर–७, इत्राम, सुर्खेत
एकत विहा न दश बजेदेखि साँझ पाँच बजेसम्मको शिक्षिकाको जागिर, त्यहिमाथी विहान बेलुकी घर व्यवहार सम्हाल्नै पर्ने गृहिणी । यस्तो फुर्सदै नहुने व्यस्त दैनिकीबाट समय निकालेर गोडमेल र बोटविरुवामा लगाउनलाई मिहिनेति भएर मात्र पुग्दैन, तीव्र इच्छा र बोटविरुवाप्रतिको लगावपनि उत्तिकै हुनपर्छ । त्यस्तै बोटविरुवा र फूल बगैचाप्रति सीमाविहीन लगाव भएकी व्यक्ति हुन वीरेन्द्रनगर ७ इत्रामकी सीमा चन्द, जो पेशाले शिक्षिका हुन् ।

विगत १८ वर्षदेखि अमरज्योति नमूना मा.वि मा अध्यापन गराउँदै आएकी उनलाई घरआँगन परिसरमा ढकमक्क पूmलसहितको बगैचा, झपक्क फैलिएको हरियाली बाल्यकालदेखि नै औधि मनपर्ने । फूल मनपराउने चुँडेर लान्छ, तर पूmललाई माया गर्नेले त्यसलाई सिंचेर जतन गर्छ भन्ने उखान यदि कसैमा लागूहुन्छ भने त्यो सीमा चन्दमा ठ्याक्कै लागू हुन्छ ।

पूmलविरुवाप्रतिको त्यहि लगावलाई सीमाले आप्mनो घर आँगन सजावटमा मात्र सीमित राखिनन् त्यसलाई व्यवसायिक रुपमा नै अगाडि बढाइन् । र जब शौख नै व्यवसायमा बदलिन्छ तब त्यसमा सफलता प्राप्त नहुने कुरै हुँदैन । शुक्रबारे आधा छुट्टी होस या शनिबारको विदा । हरेक शुक्रबार शनिबार यसो कतै घुम्न निस्कदाँ उनका नजर र ध्यानजति नर्सरी या अरु कसैका कौशी र आँगनमा लगाएका पूmल विरुवातिरै बढि तानिन्थे ।

अलग अलग विशेषता बोकेका फलपूmलका बेर्ना थाहा पाउना साथ उनी किन्न थालिहाल्थिन। घरभित्रको सजावटसँगै हरियाली वातावरण बनाउने रहर अहिले उनले पूरा गरेकी छिन् । कामको दवाब र तनाव जतिसुकै किन नहोस । सीमाले भनिन विद्यालयबाट फर्किँदा गर्दा यिनै बोटविरुवा र हरियालीले थकान सबै भुलाई दिन्छ । चन्दले आप्mनो रहरलाई व्यवसायिक रुपमा दिंदै अहिले आप्mनै घरमा आर्शीवाद नर्सरीमार्फत बेर्ना उत्पादन गरेर विक्री वितरण समेत गरिरहेकी छिन् ।

उनले उत्पादन गरेका विरुवाको माग बढीरहेको छ । विगत ३ वर्ष अगाडि ५०/६० विरुवा लिएर नर्सरी शुरु गरेकी उनको नर्सरीमा अहिले ३ सय को हाराहारीमा विरुवा छन् । सुर्खेतमा कौशीखेतिमा आकर्षण बढ्दो छ । कौशीमै गमलामा फलाउन सकिने फलपूmल तथा अन्य विरुवाको माग बढ्दै गएपछि अहिले उनी विभिन्न फलपूmल तथा अन्य विरुवाको संकलन र विरुवा उत्पादनमा लागेकी छिन् ।

विरुवा सुक्ने, मर्ने, क्षमता अनुसारको फल नदिने, किरा लाग्ने जस्ता समस्या देखिने भएकाले उचित स्याहारका साथ हुर्काउनुपर्ने उनको भनाइ छ । उनको नर्सरीमा गमलामा नै लगाएको एक वर्षमा फल्ने ६ थरीका अम्बा र आँप छन् । नर्सरीमा २४ घण्टा नै अक्सिजन दिने विरुवा ईन्डोर प्लान्ट छन् । जुन विवालाई हप्तामा एकपटक मात्रै पानी राखे पुग्छ । ती विरुवालाई बाथरुम, भ¥याङ्ग तथा कोठाहरुमा समेत राख्न मिल्छ ।

घरको बाहिर लगाउने पूmलहरु, झुन्ड्याएर राख्ने, बास्केटमा लगाउने विरुवाहरु १२ थरीका रहेको चन्दले बताइन् । नर्सरीमा सेन्सिभेरिया, पिटोनिया, बयर, मेवा, उन्नत जातका सलिफा, नरिवल, सुपारी, सडकको छेउछाउमा रोप्ने गुल्मोहर, धुपि, अशोक जस्ता घरभित्र र घरबाहिर सडक छेउमा लगाउन मिल्ने विरुवा चन्दले उत्पादन गरेकी छिन् । फलपूmल खेतिलाई व्यवस्थित बनाउन चन्दले धेरै अध्ययन गर्छिन् । आपूmले बेचेका विरुवामा केहि समस्या आउँदा त्यहि पुगेर विरुवाको अवस्थाबारे बुझेर त्यसको उपचार पनि चन्दले गर्छिन् । नर्सरीमा विरुवा हुर्काउनका लागि चाहिने मल, विउ, बोनमिल, निमखलीलगायत सामग्री सबै बाहिर देशबाट ल्याउनुपर्दा समस्या हुने उनको गुनासो छ । विरुवा उत्पादनका लागि आवश्यक सामग्री कर्णालीमै उत्पादन गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताइन् । प्रस्तुती : सृजना विसी

सीमाको सिमा विहिन लगाब

रारा क्षेत्रमा मानवीय अतिक्रमण : न रैथाने

सीमाको सिमा विहिन लगाब

गिंजोलिदैं कर्मचारीतन्त्र

Leave a comment

Your email address will not be published. Required fields are marked *