नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

काठमाडाै‌ ३ साउन ।

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२८ रुपैयाँ २६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ६० पैसा र बिक्रीमा १३० रुपैयाँ २१ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८४ पैसा पाइन्छ। त्यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३४ रुपैयाँ १५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ६७ पैसा र बिक्रीमा २८ रुपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ६७ पैसा तोकेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३४० रुपैयाँ २४ पैसा पाइन्छ।

स्राेत ःसेताेपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

मंगलबार सुन चाँदीको मूल्य घट्याे

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

एक वर्षमा २१३ जनामा डेंगी रोगको संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *