मंगलबार सुन चाँदीको मूल्य घट्याे

काठमाडाै, ३ साउन ।
मंगलबार सुन(चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो। सोमबार सुन प्रतितोला ९४ हजार र चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
स्राेत ः सेताेपाटी





