एक वर्षमा २१३ जनामा डेंगी रोगको संक्रमण

काठमाडाै‌ ३ साउन ।

चितवनमा गत आर्थिक वर्षमा २१३ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यो संख्या आर्थिक वर्ष २०७७÷७८ को भन्दा कम हो। यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेंगी देखिएको थियो।

एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्दछ। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगीका सुरूआती लक्षण हुन्। एक प्रकारको विषाणुबाट डेंगी भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगी घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिए।

डेंगी ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। डेंगी लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ।

यस्तै, जिल्लामा गत आवमा २६८ मा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। तीन हजार २८६ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रब टाइफसको देखिएको हो। आव २०७७÷७८ मा दुई हजार २९० जनाको परीक्षणका क्रममा ३१८ मा स्क्रब टाइफस देखिएको थियो।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ। स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताए।

एक वर्षमा २१३ जनामा डेंगी रोगको संक्रमण

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

एक वर्षमा २१३ जनामा डेंगी रोगको संक्रमण

YUGAAWHAN NATIONAL DAILY (2079-04-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *