जाजरकोटमा एमाले–काँग्रेस तीन/तीन, माओवादी एक पालिका प्रमुख विजयी

जाजरकोट, ५ जेष्ठ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जाजरकोटका सात वटै पालिका र ७७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार नेकपा एमालेले तीन वटा पालिका प्रमुख जितेको छ ।
नेपाली काँग्रेसले तीन वटा पालिका प्रमुख जितेको छ भने नेकपा (माओवादी केन्द्र) ले एउटा पालिका प्रमुखमा विजयी हाँसिल गरेको छ । नेकपा एमालेले जिल्लाको सदरमुकाम समेत रहेको भेरी नगरपालिका, बारेकोट र जुनीचाँदे गाउँपालिकामा अध्यक्षमा विजयी हासिल गरेको छ ।
नेपाली काँग्रेसले कुशे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिका प्रमुखमा आफ्नो जीत हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले नलगाड नगरपालिका प्रमुखमा जीत हासिल गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीन वटा पालिका जितेको थियो ।
एमालेलाई हराउन पाँच दलीय गठबन्धन गरे पनि एमालेले आफुले जितेका तीन वटा पालिका सुरक्षित राखेको छ । बारेकोट गाउँपालिकामा नेपाली काँग्रेसको किल्ला तोड्दै छेडागाड र शिवालय गुमाएर जुनिचाँदे थप्न सफल भएको छ ।
नेकपा माओवादी केन्द्रले भने २०७४ सालको निर्वाचनमा दुई वटा पालिका जितेको थियो । त्यही मध्ये एक गुमाएको छ । माओवादी केन्द्रको किल्लाको रुपमा चिनिने जुनीचाँदे गाउँपालिकामा नेकपा एमालेले सानदार जित निकालेको छ ।
उपप्रमुख अर्थात उपाध्यक्षमा माओवादी केन्द्र तीन वटा पालिकामा जितेको छ । नेपाली काँग्रेसले ४ पालिका जुनीचाँदे, कुशे, भेरी र नलगाड नगरपालिकामा जितेको छ ।
नेकपा एमालेले भने पालिका उपाध्यक्षमा जीत निकालन सकेन । जिल्लाका सात वटा पालिकामा नेकपा एमालेले १६ वडा, नेपाली काँग्रेसले २८, माओवादी केन्द्रले २७ वडा, नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारहरुले ४ वटा वडा जितेका छन् ।
जिल्ला समन्वय समिति गठन गर्नका लागि १४ जनाको मताधिकारबाट चयन गरिनेछ । १४ जनामा नेपाली काँग्रेसका ७ जना प्रतिनिधि निर्वाचित भएका छन् भने नेकपा एमालेबाट ३ जना प्रतिनिधि, नेकपा माओवादी केन्द्रबाट ४ जना प्रतिनिधि विजयी भएका छन् ।
जाजरकोटका पालिका प्रमुख/उपप्रमुख
१. छेडागाड नगरपालिका : प्रमुख – रत्न बहादुर खड्का (नेपाली काँग्रेस)
२. छेडागाड नगरपालिका : उप–प्रमुख – चन्द्र वहादुर थापा (नेकपा माओवादी केन्द्र )
३. भेरी नगरपालिका : प्रमुख – चन्द्र प्रकाश घर्ती (नेकपा एमाले )
४ भेरी नगरपालिका : उपप्रमुख – सीता जैसी (नेपाली काँग्र्रेस )
५. नलगाड नगरपालिका : प्रमुख – डम्मर वहादुर रावत (नेकपा माओवादी केन्द्र)
६.नलगाड नगरपालिका : उपप्रमुख – सरिता सिंह (नेपाली काँग्र्रेस)
७. शिवालय गाउँपालिका : अध्यक्ष – शेर बहादुर शाही (नेपाली काँग्र्रेस)
८. शिवालय गाउँपालिका : उपाध्यक्ष – गीता शाही (नेकपा माओवादी केन्द्र )
९. जुनीचाँदे गाउँपालिका : अध्यक्ष – वेद वहादुर शाही (नेकपा एमाले)
१०. जुनीचाँदे गाउँपालिका : उपाध्यक्ष – बीरेन्द्र वहादुर शाही (नेपाली काँग्र्रेस )
११. कुशे गाउँपालिका : अध्यक्ष– हरिचन्द्र बस्नेत (नेपाली काँग्र्रेस)
१२.कुशे गाउँपालिका : उपाध्यक्ष– देवीका कुमारी सिंह (नेपाली काँग्र्रेस)
१३. बारेकोट गाउँपालिका : अध्यक्ष– वीर वहादुर गिरी (नेकपा एमाले)
१४.बारेकोट गाउँपालिका : उपाध्यक्ष – नर बहादुर गिरी (नेकपा माओवादी केन्द्र )






