गुर्भाकोटमा जनप्रतिनिधिहरुलाई प्रमाण–पत्र वितरण

दिलिप ढकाल
गुर्भाकोट, ६ जेष्ठ ।
गुर्भाकोट नगरपालिकामा स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई प्रमाण–पत्र वितरण गरिएको छ । विहिबार एक कार्यक्रमकाबीच गुर्भाकोटको सिटि हलमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण–पत्र वितरण गरिएको हो ।

गुर्भाकोट नगरपालिकामा १४ वटा वडाहरु रहेका छन् । एउटा वडामा अध्यक्षसहित ५ जना जनप्रतिनिधि हुने भएकाले १४ वटा वडाका ७० जना र मेयर, उप–मेयर गरी ७२ जनालाई प्रमाण पत्र वितरण गरिएको छ ।

गुर्भाकोट नगरपालिकाका निर्वाचन अधिकृत तुलसा भण्डारीले प्रमाण–पत्र वितरण गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत देविकिरण बुढाले टिका र खादा लगाई ५ बर्षे सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

गुर्भाकोटमा जनप्रतिनिधिहरुलाई प्रमाण–पत्र वितरण

सिम्तामा गठबन्धनलाई हराउँदै एमालेले विरासत जोगायो

Leave a comment

Your email address will not be published. Required fields are marked *