सिम्तामा गठबन्धनलाई हराउँदै एमालेले विरासत जोगायो

दुर्गा विसि
सल्लीबजार, ६ जेष्ठ ।
सुर्खेत सिम्ता गाउँपालिकामा पुनः एमाले विजय भएको छ । अध्यक्षमा नेकपा एमाले तर्फबाट गाउँपालिका अध्यक्षमा ६ हजार १ सय ७० मत ल्याइ ऐन वहादुर चन्द विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी विरेन्द्र रावतले ५ हजार ८ सय ५२ मत ल्याए ।
त्यसैगरी उपाध्यक्षमा गोमा रेग्मीले ६ हजार ९१ र गठबन्धन तर्फबाट माओवादी केन्द्रका चित्र बहादुर हमालले ५ हजार ३ सय ११ मत कायम रहेको छ ।
राप्रपाका गाउँपालिका अध्यक्ष लक्ष्मी पौडेलको ३४ र उपाध्यक्ष टिकानाथ योगीले २६ मत प्राप्त गरे । अध्यक्षमा ३१८ र उपाध्यक्षमा ७८० को मतान्तरले चुनावी नतिजा हात पार्न एमाले सिम्तामा पुनः सफल भएको छ ।
सिम्ता गाउँपालिकामा ९ वटा वडा मध्य १,२,३,४,५ एमाले र ६, ७, ८ र ९ गठबन्धन दलबाट नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् ।
मुख्य गाउँपालिका अध्यक्ष र उपाध्यक्ष भने एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं. १ को वडा अध्यक्षमा यामराज शर्मा (नेकपा एमाले), २ को वडा अध्यक्षमा खगेन्द्र सिंह ठकुरी, ३ को वडा अध्यक्षमा लोक बहादुर शाही (नेकपा एमाले), ४ को वडा अध्यक्षमा विरेन्द्र सिंह ठकुरी (नेकपा एमाले), ५ को वडा अध्यक्षमा मोहन कुमार चन्द (नेकपा एमाले), ६ को वडा अध्यक्षमा लोकेन्द्र सिंह ठकुरी (नेपाली काँग्रेस) विजयी भएका छन् ।
त्यसैगरी वडा नं. ७ घन बहादुर केसी (नेपाली काँग्रेस), ८ वडा अध्यक्षमा चेत बहादुर रेग्मी (नेपाली काँग्रेस) र वडा नं. ९ को वडाअध्यक्ष पदमा कविराज योगी (नेपाली काँग्रेस) विजयी भएका छन् ।
नेपाली कांग्रेसले २०७४ मा जितेको नं वडा २ गुमाएको छ भने एमाले यस अघि जितेका वडा नं. ८ र ६ गुमाएको छ । सिम्तामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनसंग एमाले एकलै चुनावी मैदानमा होमिएको थियोे ।






