गाउँपालिकाको अध्यक्ष हत्याउन सफल सिंहको राजनितिक यात्रा

कालि बहादुर थापा
हुम्ला, ५ जेष्ठ ।
‘कटिवद्ध, प्रतिवद्ध र लगनशीलताले कुनैपनि व्यक्ति सफल बन्ने अचुक उपाय हो’ भन्ने कुराको प्रमाणीत नेपाली कांग्रेस हुम्ला जिल्ला कार्यसमितिको निर्वाचनमा प्रमाणीत भएको छ ।
गएको नेपाली कांग्रेस हुम्लाको सातौ अधिवेशनबाट कांग्रेसको जिल्लाको हालसम्मको इतिहाँसलाई ब्रेक गर्दै अदनाचुली गाउँपालिका–५ निवाशी सिंह पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता पुर्वमन्त्री जीवनबहादुर शाहीको समर्थनमा जिल्लाको नेतृलामो समयदेखि कांग्रेस हुम्ला जिल्लाको राजनीतिमा क्रियासिल रहेका मोहन विक्रम सिंह अन्तत कांग्रेसको सभापति पदमा निर्विरोध निर्वाचित भएको एक वर्ष नबित्दै गठबन्दन सम्बद्ध दलहरुको समर्थनमा अदानचुली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय निवार्चनमा मुख्यमन्त्री शाहीकै समर्थनमा तथा यहाँका नेकपा माओबादी केन्द्र,नेपाली काँग्रेश र एकिकृत समाजबादीसँगको सहकार्यमा निकटतम् प्रतिद्धोन्दी निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेरालाई ६३९ मतले पछि पार्दै १९६८ मत प््रााप्त गरी अदानचुलीमा रहेको तेस्रो दल नेपाली काँग्रेशका नेता सिंहले बाजी मारेका छन् ।
तत्कालीन श्रीनगर गाविस स्थित सुर्योदय माध्यमिक विद्यालयमा प्रवेशीकासम्मको अध्ययन सकेका सिंह उच्च शिक्षा अध्ययनका लाग काठमाडौं गएदेखि नैं कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट आप्mनो यात्रा शुरु गर्दै माउ पार्टीको जिल्लाको नेतृत्व हात पार्दै यतीबेला अदानचुली गाउँपालिकाको बागडोर सम्हाल्न सफल भएका छन् ।
विद्यार्र्थीको केन्द्रिय सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै जिल्लाको माउ पार्टीको राजनीतिक शुरु गरेका सिंह २०६२ सालदेखि पार्टीको सचिवको जिम्मेवारी सम्हाल्दै मुख्य पद जिल्ला सभापति हुँदै अदानचुली गाउँपालिकाको अध्यक्ष भएका छन् ।
यस्तो छ, सिंहको राजनीतिक यात्रा
हुम्ला जिल्लाको अदानचुली ५ बारिगाउँ निवासी बलबहादुर सिंह र आमा तुलसा सिंहका दोस्रो सन्ताका रुपमा जन्मीका सिंह सानै उमेर देखि राजनितिमा चासो र चिन्ता गरि गरिरहन्थे ।
वुवा बलबहादुर तत्कालीन लौठी पञ्चालयका प्रधानपञ्च भएकाले पनि सानै उमेरदेखि राजनीतिक कोचिङ पाएका सिहंले लामो समय पछि जिल्लाको प्रमुख पद हात पार्न सफल भएका सिंह यतीबेला अदानचुली गाउँपालिकाको अध्यक्षको चिठ्ठा परेको छ । यहाँका अधिकांश नागरिकलाई कल्पना नै थिएन कि जिल्लाको उच्च तहको नेतृत्व आएर गाउँपालिकाको अध्यक्षमा लड्छन् होला भनेर ।
२०४९ सालमा नेपाल बिध्यार्थि संघबाट राजनितिक जीवन सुरु गरेका सिंहले २०५५ सालमा जिल्ला बिकास समितिको सभापतिमा जिताउन सक्रिय भुमिका निर्वाह गरेका थिए ।
२०५६ सालको आम चुनावमा पार्टीको जिल्ला स्तरिय कार्यकर्ताको भूमिका निर्वाह गरी २०५७ सालमा नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिको अध्यक्ष भई कांग्रेसको औपचारिक राजनीतिक यात्रा शुरु गरेका थिए ।
२०५८ सालमा नेविसंघ केन्द्रीय संमन्वय विभागको सदस्य, २०५९ नेविसंघ हुम्लाको अध्यक्षको जिम्म्मेवारी सम्हालेका सिंह २०५९ सालमा आएर माउ पार्टी नेपाली कांग्रेस हुम्लाको जिल्ला कार्य समितिको सदस्यको जिम्मेवारीमा पुगेका थिए ।
माउ पार्टीको राजनीतिमा लागेपछि २०६१ सालमा तत्कालिन सात राजनीतिक दलहरुले सञ्चालन गरेको संयुक्त आन्दोलनका क्रममा तत्कालिन नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री सुशील कोईरालासँग ४ महिना जेल जीवन बिताए ।
वि।सं। २०७० देखी २०७४ सालसम्म दुर्गम क्षेत्र विकास समितिबाट राजनीतिक नियुक्ती शुरु गरेका सिंह २०७४ सालमा शान्ति समिति हुम्लाको संयोजकको जिम्मेवारी पाए ।
निरन्तर राजनितिमा रहेका सिंहले छोटै समयमा नचिताएको गाउँपालिकको अध्यक्षमा निर्वाचित भई सत्ता सम्हालेका छन् देशमा गठबन्दन गरेको मौका हेरी दाउ हेरेका सिंहले पहिलो र दोस्रो दललाई पछार्दै सत्ता सम्हाल्न पुगेका छन् ।
दलहरुजोडजाम गरी हरुसबै अन्य दुईदललाई सुम्पीएर अध्यक्ष मात्र आफुले हत्याएर सबै भन्दा ठुलो दल एमाले र आफ्नै पाटीका असन्तुष्ट पक्ष लोकेन्द्र भण्डारी सहितको टोलीलाई बाहिर राखेर भएपनि आफु मात्र अध्यक्ष बनेको अबस्थामा सिंहको जिल्लाको सभापति र अदानचुली गाउँपालिकाको सत्तारोहण त्यति सहज र सुलभ देखिदैन ।
घरजमले बदिलीएको पार्टीको कित्ता
विद्यार्थी राजनीति शुरु गरेदेखि सिंह पार्टीको कट्र संस्थापन ९कोइराला० पक्षका रुपमा आफूलाई स्थापित गरेका थिए । विद्यार्थी राजनीतिमा सँधै कोएराला परिवारसँग नजिक रहेका सिंह एकताका पुर्वप्रधानमन्त्री एवम् पार्टी सभापपति गिरिजाप्रसाद कोइरालाको नजिकका पात्रका रुपमा समेत व्याख्या गरिन्थे ।
पछि कोइरालाकी छोरी सुजाता र भाई सुशिल सँग निकै निकट सम्बन्ध भएकै आधारमा विद्यार्थी राजनीतिलाई अघि बढाएका सिंहको पार्टी भित्रको कित्ता भने धेरै पछि मात्रै परिवर्तन भएको कांग्रेसजनहरु बताउँछन् ।
विद्यार्थी राजनीतिकै कारण लामो समय अविहित बनेका सिंह जिल्लाकोे सचिव पदको जिम्मेवारी सम्हाल्दा समेत वैवाहिक बन्धनमा बाँधिएका थिएनन् । पहिलो पटक जिल्लाकोे पार्टी सचिव हुने समयसम्म पार्टी भित्र तत्कालिन संस्थापन पक्ष (कोइराला) मा आफूलाई उभ्याएका सिंहको कित्ता परिवर्तन भने निकै रोचक ढंगले भएको छ ।
लामो समयसम्म अविवाहित रहेको उनले केहि समय वर्ष अघि मात्रै जिल्लाकोे खार्पुनाथ गाउँपालिका–५ को खर्पलगाउँकी शोभा शाहीसँग विवाह गरेपश्चात उनले पार्टी भित्रको कित्ता समेत परिवर्तन गर्नु परयो । कांग्रेसका सभापति तथा प्रधानमन्त्री सेरबहादुर देउवाका निकै विश्वाश पात्र पुर्वमन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाहीको समेत समर्थनमा उनकै गाउँबाट विवाहगरेपछि उनको आन्तरिक राजनीतिको कित्ता युटर्न भएको उनसँग विद्यार्थी कालदेखि नैं राजनीति गरेका एक कांग्रेस नेताले बताए ।
आप्mनो नाम उल्लेख गर्न नमानेका ति नेताका अनुशार हुम्लाको आन्तरिक राजनीतिमा राम्रो पकड भएका शाहीकै गाउँबाट विवाह गरेपछि सिंह जि अनौठो तबरले देउवा कित्तामा लाग्नु भयो र अहिजो जिल्ला सभापति हुँदै गाउँपालिकाको अध्यक्ष पनि बन्नु भयो ।
पहिलो पटक कोइराला खेमाबाट पार्टी सचिव बनेका सिंह दोस्रो पटक देउवा पक्षका जीवन शाहीको आग्रहमा पार्टी सचिवकै भूमिकामा बस्न तयार भए’ ति नेताले भने ‘सातौ अधिवेशनबाट अहिले त्यहि (देउवा) पक्षकै जिल्ला सभापति बनेका हुँन् भने अहिले पनि देउवा पक्षकै नेता तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीकै आग्रहमा अदानचुली गाउँपालिकाको अध्यक्षको टिकट ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् ।






