छिनखेतमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

प्रचण्ड खत्री
रुकुम पश्चिम, ६ बैशाख ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा नागरिक आरोग्य सेवा केन्द्रले छिनखेतममा आफ्नो शाखा बिस्तार गरेको छ ।

आरोग्य केन्द्रले पाचौं शाखाको रुपमा छिनखेतमा कार्यलय स्थापना गरेको नागरिक आरोग्य सेवा केन्द्रका छिनखेतका ईन्चार्ज धनबहादुर केसिले बताए ।

आरोग्य केन्द्र मार्फत विभिन्न रोगको उपचार हुने बताएको छ । दिशा गर्दा रगत आउने, दुख्ने, पिप बग्ने, मासु बाहिर निस्केको मलदाृर चिलाउने, पोल्ने रोगहरुको उपचार हुने ईन्चार्ज केसिको भनाई छ ।

इन्चार्ज केसिका अनुसार हातखुट्टा दुख्ने, सुनिने, युरिक यसिड, झमझमाउने, बाध रोगको उपचार पनि हुने छ । त्यस्तै दाग, छाला सबन्धी रोगको उपचार, महिलामा सेतो पानी बग्ने, धेरै रगत बग्ने, महिनावारी गडबडी हुने, पत्थरी, जण्डिस, दम, पिनास, सुगर आदि रोगको उपचार हुने गरेको ईन्चार्ज केसीको भनाई छ । बाँफिकोट गाउँपालिका र त्यस आसपासका स्थानीयले सेवा लिने बताएको छ ।

छिनखेतमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

मृत अवस्थामा भेटिए सर्केगाड ८ का लालसिंह

छिनखेतमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

कर्णालीमा एसइइ : एकसय ७३ वटा परीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *