मृत अवस्थामा भेटिए सर्केगाड ८ का लालसिंह सुनार

केबि थापा
सिमकोट, ६ बैशाख ।
हुम्लाको सिमकोट गाउँपालिका–४ बुराउँसेमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको प्रहरी जानकारी दिएको छ ।

सर्केगाड गाउँपालिका–८ राहदेउ घर भएका लालसिंह सुनार सिमकोट गाउँपालिका–४ बुराउँसेमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।

बुराउँसेमा नातेदार आफन्त बसोबास गर्दै आएको र उनीहरुलाई भेट्नको लागि गएको भन्ने बुझिन आएको छ । मृतक सुनार सधै बुराउँसेमा आफन्त भेट्न गइरहने गरेको र मंगलबार विहान गाउँ नजिकको बाटोमा मृत अवस्थामा भेटिएका हुन् ।

मङ्गलबार विहान सुनारको मृत्युभएको भएको खबर प्रहरीलाई पुग्न साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यसतर्फ गएको बताइएको छ । सुनारको मृत्युको कारण खुल्न नसकेको र घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख ओझाले बताए ।

मृत अवस्थामा भेटिए सर्केगाड ८ का लालसिंह सुनार

माओवादी रुकुम पश्चिमा असन्तुष्टि, वडा अध्यक्षले दिए

मृत अवस्थामा भेटिए सर्केगाड ८ का लालसिंह सुनार

छिनखेतमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *