माओवादी रुकुम पश्चिमा असन्तुष्टि, वडा अध्यक्षले दिए राजिनामा

प्रचण्ड खत्री
रुकुम पश्चिम, ६ बैशाख ।
रुकुम पश्चिम आठबिसकोट न.पा. वडा नं. ८ का वडा अध्यक्ष मानबहादुर चनाराले राजिनामा दिएको घोषणा गरेका छन । उनले १ सूचना जारी गर्दै मंगलबारका दिन वडा अध्यक्षबाट राजिनामा दिएको बताएका छन् ।
सर्बहारा बर्गको साङ्गठानिक नीति र प्रक्रियाबाट उम्मेदवार सिफारिस गर्नुपर्नेमा सम्भाबित उम्मेदवारीलाई सामान्य सोधपुछ नगरी गरिएको र त्यसको बाफ्जुतमा आफुले नगर प्रमुखको बागी उम्मेदवारी हाल्ने घोषणा गरेको उनको भनाई छ ।
घोषणा मात्र नभए ब्यवहारमा लागू गरेरै छोड्ने उनको भनाई रहेको छ । उनी २०७४ सालको स्थानीय चुनाबमा वडा अध्यक्षमा निर्बाचित भएका थिए ।






