गठबन्धनले हुम्लामा पालिका बाँडफाँड अन्तिम निर्णय गर्दै

केबि थापा
हुम्ला, ६ बैशाख ।
हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा.दिपेन्द्र रोकायाले जानकारी दिए ।

‘पटक–पटक सहमतिको प्रयास गरियो तर कुरो मिलेन’ उनले भने, ‘स्थानीय तहको नेतृत्व कसले बढी लिने भन्नेमै कुरा अड्कियो, अब जिल्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।’

तर यता केही नेताहरूले भने मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली काँग्र्रेसका नेता जीवन बहादुर शाही आउने र उनले अन्तिम निर्णय लिन सक्ने बताएका छन् ।

सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो ।

कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो ।

गठबन्धनले हुम्लामा पालिका बाँडफाँड अन्तिम निर्णय गर्दै

माओवादी रुकुम पश्चिमा असन्तुष्टि, वडा अध्यक्षले दिए

Leave a comment

Your email address will not be published. Required fields are marked *