कर्णालीमा एसइइ : एकसय ७३ वटा परीक्षा केन्द्र तोकिए, ३७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

सुर्खेत, ६ वैशाख ।
कर्णाली प्रदेशबाट ३७ हजार पाँचसय ४५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । नियमतितर्फ ३६ हजार ६ सय ४१ जना र आंशिकतर्फ नौ सय चार जनाले इसइइ परीक्षामा दिने भएका हुन् ।

जसमध्ये रुकुपश्चिमबाट चार हजार दुइसय ३० जना, सल्यानबाट पाँच हजार ६५ जना, हुम्लाबाट एक हजार एकसय ४६ जना, मुगुबाट नौ सय ८९ जना र डोल्पाबाट ६ सय ८० जना विद्यार्थी एसइइमा सहभागी हुने छन् ।

त्यस्तै कालीकोटबाट चार हजार जना, जुम्लाबाट दुई हजार पाँचसय दुई जना, जाजरकोटबाट चार हजार एकसय ८४ जना, दैलेखबाट पाँच हजार पाँचसय ८० जना र सुर्खेतबाट नौं हजार एकसय ६९ जना विद्यार्थीले एसइइ परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

एसइइका परीक्षाका लागि प्रदेशभर एकसय ७३ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । जसमध्ये रुकुमपश्चिम र सल्यानमा २३/२३ वटा, मुगु र हुम्लामा ६/६ वटा, कालीकोट र जाजरकोटमा २०/२० वटा र डोल्पामा चार वटा परीक्षा केन्द्र तोकिएका छन् ।

त्यस्तै जुम्लामा १६ वटा, दैलेखमा २४ वटा र सुर्खेतमा ३१ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले जानकारी दिइन् । परीक्षा आउन तीन दिनमात्र बाँकी रहदा प्रदेशका सबै जिल्लामा तयारी तीब्र पारिएको छ ।

शान्तिपूर्ण वातावरण परीक्षा सम्पन्न गर्न सबै जिल्लामा रहेन परीक्षा केन्द र विद्यार्थी संख्या एकीन गरेर तयारी थालिएको छ । परीक्षालाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि अभिमुखिकरण समेत दिइसकीएको छ । एसइइ परीक्षा आउँदो शुक्रबारबाट देशभर एकैसाथ सुरु हुँदैछ ।

सामान्य विषयमा छात्रा धेरै, प्राविधिकमा कम
त्यस्तै कर्णाली प्रदेशमा एसइइ परीक्षा दिने छात्रभन्दा छात्राको संख्या धेरै रहेको छ । कुल ३७ हजार पाँचसय ४५ जना विद्यार्थीमध्ये छात्रामात्रै १९ हजार दुई सय २७ जना छन् । सामान्य विषयमा छात्राको संख्या धेरै रहेको छ । तर प्राविधिक विषयमा छात्रको संख्या धेरै छ ।

तथ्याङ्क नियमिततर्फका साधारण विषयमा रुकुमपश्चिममा दुई हजार ८७ जना, सल्यानमा दुइ हजार २९ जना, हुम्लामा पाँचसय ५६ जना, मुगुमा पाँचसय दुई जना, डोल्पामा दुइसय ९९ जना, कालीकोटमा एक हजार नौसय ८५ जना, जुम्लामा एक हजार एकसय ९९ जना, कालीकोटमा दुई हजार एकसय दश जना, दैलेखमा दुई हजार सातसय १७ जना र सुर्खेतमा चार हजार चार सय १४ जना छात्राहरुले एसइइ परीक्षा दिँदै छन् । त्यस्तै ग्रेडबृद्धतर्फ पनि छात्रभन्दा छात्राको संख्या बढी छ ।

ग्रेड बृद्धिका लागि एसइइ दिने कुल नौसय चार विद्यार्थीमध्ये चारसय ७६ जना छात्राहरु रहेको शिक्षा विकास निर्देशनालयका परीक्षा शाखा प्रमुख लोकप्रसाद पौडेलले जानकारी दिए । तर प्राविधिक विषयमा भने एसइइ दिने छात्राको संख्या धेरै छ । प्राविधिक विषयका कुल नौसय ५७ विद्यार्थीमध्ये चारसय ९५ जना छात्र र चारसय ६३ जना छात्राहरु छन् ।

सुर्खेतका नौं हजारबढीले एसइइ दिँदै
सुर्खेतमा कुल नौं हजार एकसय ६९ जना विद्यार्थीले एसइइ परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्य इकाइ कार्यालय सुर्खेतका अनुसार चौकुने गाउँपालिका चारसय ९२ जना, पञ्चपुरी नगरपालिकाका आठसय ६३ जना र बराहताल गाउँपालिकाका दुईसय ५४ जना विद्यार्थीले एसइइ परीक्षा दिने समन्वय इकाई प्रमुख भोजराज लम्सालले जानकारी दिए ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका तीन हजार दुईसय २५ जना, भेरीगंगा नगरपालिकाका आठसय ७० जना, लेकवेशी नगरपालिकाबाट चारसय ७६ जना, गुर्भाकोट नगरपालिकाका एक हजार तीनसय, सिम्ता गाउँपालिकाका तीनसय ९८ जना, चिङ्गाड गाउँपालिकाबाट चारसय ५१ जना विद्यार्थीले एसइइ परीक्षा दिने प्रमुख लम्सालले जनाए ।

सुर्खेतभर कुल ३१ वटा परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये चौकुनेमा दुई, पञ्चपुरीमा तीन, बराहतालमा एक, वीरेन्द्रनगरमा ११, भेरीगंगामा तीन, लेकवेशीमा तीन, गुर्भाकोटमा चार, सिम्तामा र चिङ्गाडमा दुइ/दुई वटा परीक्षा केन्द्र तोकिएका हुन् ।

परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि ३१ जना परीक्षा केन्द्राध्यक्ष, ६१ जना सहायक केन्द्राध्यक्ष, चार सय ५८ जना निरीक्षक, एकसय ५० जना कार्यालय सहयोगहरु खटिने छन् ।

त्यस्तै परीक्षालाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने ६ सय ३१ जना सुरक्षाकर्मीहरु खटाइने सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले केन्द्राअध्यक्षहरुलाई शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिए ।

कर्णालीमा एसइइ : एकसय ७३ वटा परीक्षा केन्द्र तोकिए, ३७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

छिनखेतमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

कर्णालीमा एसइइ : एकसय ७३ वटा परीक्षा केन्द्र तोकिए, ३७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

सत्ता गठबन्धनमा ६ महानगर र ९ उपमहानगरको

Leave a comment

Your email address will not be published. Required fields are marked *