कोभिड नियन्त्रणका लागि बजारमै सुरु गरे एन्टिजेन परिक्षण

केबि थापा
हुम्ला, ६ बैशाख ।
हुम्लाको सदरमुकाम सिमकोट बजारमा बृहत कोभिड–१९ एन्टिजेन परीक्षण अभियान सुरु गरिएको छ । स्वास्थ्यका लागि सक्षम प्रर्णालीको आयोजनामा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र युएसआइडीको समन्वयमा जिल्लाको सदरमुकाम सिमकोट बजारमा कोभिड–१९ नियन्त्रणका लागि एन्टिजेन विधिबाट कोभिड परिक्षण कार्य सुरुवाती गरिएको हो ।
अभियान बैशाख १ गतेदेखि सुरु गर्ने भनिएता पनि विभिद समस्याका कारण बैशाख ४ गतेबाट सञ्चालन गरिएको छ । पछिल्लो समय जिल्लामा कोभिड–१९ को अवस्था कस्तो छ । त्यसको जानकारी लिनका लागि आइतवारबाट सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खटाएर उक्त कार्यको थालनी गरिएको छ ।
बजारमा हिडडुल तथा आवतजावत गर्ने र सामान्य लक्षण समेत देखिएका व्यक्तिहरु सहभागि भएर कोभिड १९ परिक्षण गर्दै अएका छन् । बाटोमा आवतजावत र हिटडुल गर्ने लगायत समान्य लक्षण समेत देखिएका व्यक्तिहरुले एन्टिजेन विधिबाट परीक्षण गराएको अभियानमा खटिएकी स्वास्थ्यकर्मी उषा भण्डारीले बताइन् ।
उनका अनुसार दुई दिनको अवधिमा १ सय ५४ जनाले एन्टिजेन परिक्षण गराएका थिए । जस्मा पहिलो दिन आइतवार १ सय ६ जना र दास्रो दिन सोमवार ४८ जना स्थानीय नागरिकहरुले एन्टिजेन परिक्षण गराएका थिए ।
एन्टिजेन परिक्षण गराएका सबैको रिर्पोट भने नेगेटिभ आएको स्वाथ्यकर्मी भण्डारीको भनाई छ । अभियानमा तीन जना स्वास्थ्यकर्मीहरु खटिँदै आएका छन् । यो कार्य हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक थालनी भएको छ ।
त्यस्तै जिल्लाका अन्य गाउँपालिकाहरुमा पनि कार्यक्रम रहेको र अभियान सन्चालनका लागि सम्वन्धित गाउँपालिकाले आनाकानी गरेको भए पनि कोभिड १९ नियन्त्रण्कै लागि भए पनि आफ्ले गाउँपालिकाहरलाई अनुरोध गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिए ।






