प्रजातन्त्र दिवसमा शहिद पार्क सरसफाई

सुर्खेत, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को अवसरमा शहिद पार्क सरसफाई गरिएको छ । वीरेन्द्रनगर–४, भैरवस्थान (भैरव सामुदायिक वन समूह) मा कर्णालीका मुख्यमन्त्री, मन्त्रीहरु, कर्मचारीहरुको टोलीले शनिबार सरसफाई गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीको अध्यक्षतामा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्ट, भौतिक पूर्वाधार मन्त्री पदम बहादुर रोकाय, सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाक्षेत्री, वन वातावरण उद्योग तथा पर्यटन मन्त्री कार्चेन लामा, उर्जा तथा सिंचाई मन्त्री गणेश प्रसाद सिंह, प्रमुख सचिव राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डे, प्रदेश मन्त्रालयका सचिवहरू, जिल्ला स्थित कार्यालय प्रमुख एवं कर्मचारीहरू, उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख तथा जवानहरू, उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थितिमा सामूहिक सरसफाई कार्यक्रम गरिएको थियो ।

प्रजातन्त्र दिवसमा शहिद पार्क सरसफाई

एस पार्टी निकट युवा संघ विज्ञान तथा

प्रजातन्त्र दिवसमा शहिद पार्क सरसफाई

दुई बर्षिय बालकले मृत महिलाको फोटो हेरेर

Leave a comment

Your email address will not be published. Required fields are marked *