अखिल (क्रान्तिकारी) सल्यानकाे चौथो पुर्ण बैठकबाट संयोजकमा वुढाथाेकि

दुर्गा विसि
सल्यान,२ असोज ।
अखिल (क्रान्तिकारी)सल्यानकाे १८ अाै जिल्ला सम्मेलनवाट निर्वाचित अध्यक्ष माेहन लाल खडकाकाे अध्यक्षतामा वसेकाे अखिल( क्रान्तिकारी) सल्यानकाे चाैथाे पुर्ण बैठकवाट अखिल( क्रान्तिकारी )सल्यान जिल्ला समितीकाे संयोजक पदमा रमेश वुढाथाेकिलाइ सर्वसहमत चयन गरिएको छ ।त्यसै गरि अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समन्वय सह-सयाेजकमा खडक खड्का र क्षेत्र नं (क) को सयाेजकमा अजय विष्ट र सह- सहयाेजक बिनाेद डि,सि (ख) मा संयाेजक डन्डी थापा र सह- संयाेजक कमल सापकाेटाले जिम्मेवारी प्राप्त गरेका अखिल सल्यानले जनाएको छ ।
- दलाल र माफियाहरुलाई तहलगाउने कुरा अखिल सधैं अगाडि रहेको जनाएको छ ।बिधार्थिहरुकाे हक हित र अधिकारकाे लागि सल्यानमा अखिल क्रान्तिकारी अन्य संगठनहरु भन्दा एक कदम अघि रहेको जनाएको छ ।नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले नव निर्वाचित कमिटीलाई बधाई ज्ञापन व्यक्त समेत गरेको जनाएको छ ।







